सिरिजङगा र चेम्जोङ पुरस्कार हस्तान्तरण सम्पन्न

मिति २०७७ पुष २१ गतेका दिनको कियाचु किरात शिरिजंगा पुरस्कार २०७७ पुरस्कृत थाकुहाङ मेरिङ सम्बाहाङ्फेलाई नगद रु २५,००० पचिस हजार, प्रमाणपत्र, शीरमा पागा, माला अर्पण गरी पुरस्कार हस्तान्तरण भयो । पुरस्कार प्रमाण पत्रको विवरण यस प्रकार छ ।
कियाचु किरात सिरिजङगा पुरस्कारको प्रमाण पत्र
तपाई श्री थाकुहाङ मेरिङ (थाकुहाङ सम्बाहाङफे)ज्यूले वि. संं. २०६० साल देखि २०७४ साल सम्ममा निरन्तर किरात सिरिजङगा लिपिमा लिम्बु भाषा साहित्यका विभिन्न विधाका आठवटा कृतिहरु निङ्गेन सिगाङबा सेप्माङहा २०६०, नामभेराबा ताक्पेन २०६१, मेनु २०६२, कोयेम्बा हिङमन् २०६५, मक्थेबा ताप्माथिक फुङ् २०६५, इरेम्फुङ् २०७३ केभेक्पा ताम्माथिक फुङ् २०७४ र आल्लमेरीङ्हा २०७४ लेखन तथा प्रकाशन गर्नुभई लिम्बु भाषा, सहित्य र समाज उत्थानको लागि महत्वपुर्ण योदान पुर्याउन सफल हुनुभएकोले उक्त योगदानको उच्च मूल्याङकन गर्दै यहाँहरुलाई यस वर्ष वि.सं. २०७७को कियाचु किरात सिरिजङगा पुरस्कार सम्मान प्रदान गरिएको छ ।
... हस्ताक्षर ... हर्ष सुब्बा, संयोजक, पुरस्कार छनोट निर्णयक समिति
... हस्ताक्षर ... डा. लवदेव अवस्थी, माननीय अध्यक्ष, भाषा आयोग, प्रमुख अतिथि
... हस्ताक्षर ... योगराज वनेम लिम्बू, अध्यक्ष, केन्द्रीय कार्यसमिति
येले तङबे ५०८० तदनुसार वि.सं. २०७७ पुष १५ गते, त्येअङ्सि सिरिजङ्गा सिङ् थेवे ३१६ औं जन्मजयन्ती तथा पुरस्कार वितरण समारोह, चुम्लुङहिम् ललितपुर, नेपाल ।
साथै साही समयमा नै कियाचु इमानसिह चेम्जोङ पुरस्कार पुरस्कृत कृति येवोकरक लेखक लछामि शेर्मा पापोलाई नगद रु २५,००० पचिस हजार, प्रमाणपत्र, शीरमा पागा, माला अर्पण गरी पुरस्कार हस्तान्तरण भयो । पुरस्कार प्रमाण पत्रको विवरण यस प्रकार छ ।
कियाचु इमासिंह चेम्जोङ पुरस्कार प्रमाण पत्र
तपाई श्री लछामी शेर्मा (लक्ष्मी कुमार शेर्मा )ज्यूले लिम्बू साहित्यीक क्षेत्रमा लामो समयदेखि विभिन्न विधामा कलम चलाउने क्रममा लिम्बू साहित्य जगत भित्रकै सृजनाहरुको समालोचनात्मक कृति येबोकरक लेखन तथा प्रकाशन गर्नुभई लिम्बू भाषा, सहित्य र समाज उत्थानको लागि थप महत्वपुर्ण योदान पुर्याउन सफल हुनुभएकोले उक्त योगदानको उच्च मूल्याङकन गर्दै यहाँहरुलाई यस वर्ष वि.सं. २०७७को कियाचु इमासिंह चेम्जोङ पुरस्कार सम्मान प्रदान गरिएको छ ।
... हस्ताक्षर ... राजेन्द्र कुमार जवेगु, संयोजक, पुरस्कार छनोट निर्णयक समिति
... हस्ताक्षर ... प्रा.डा. गोविन्द तुम्बाहाङ, निवर्तमान प्रदेश प्रमुख, प्रदेश नं. १, प्रमुख अतिथि
... हस्ताक्षर ... योगराज वनेम लिम्बू, अध्यक्ष, केन्द्रीय कार्यसमिति
येले तङबे ५०८० तदनुसार वि.सं. २०७७ पुष १७ गते, इमासिंह चेम्जोङ ११८ औं जन्मजयन्ती तथा पुरस्कार वितुरण समारोह, चुम्लुङहिम् ललितपुर, नेपाल ।
दुवै पुरस्कृत व्यक्तित्वहरुलाई केन्द्रीय अध्यक्ष योगराज वनेम ज्यूले केन्द्रीय कार्यालयमा हस्तान्तरण गर्नु भएको छ । दुवै पुरस्कृत व्यक्तित्वहरुलाई क्रमशः ललितपुरका अध्यक्ष राम बखिम र प्रदेश समितिको सदस्य सुवास जबेगु जस्ता तुम्याङहरुबाट पागा पहिराई सम्मान गरिएको र प्रमाण पत्र वाचन केन्द्रीय सचिव यासेली योङहाङबाट वाचन भएको थियो । पुरस्कृत थाकुहाङ मेरिङ सम्बाहाङ्फे र लछामी शेर्मा पापो बधाई तथा शुभकामना छ । पुरस्कार हस्तान्तरण कार्यक्रममा उपस्थिति सम्पुर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।