2021-03-02

विदेश चुम्लुङहरुसँग सहकार्य र समन्वय बैठक सम्पन्न

मिति २०७७ पुष २४ गते । विदेशस्थित किरात याक्थुङ चुम्लुङहरुसँग राष्ट्रिय जनगणना २०७८ को कार्ययोजनाबारेमा समन्वय र सहकार्य भर्चुअल बैठक सम्पन्न भएको छ । उक्त बैठकमा नेपाल चुम्लुङ र विदेश चुम्लुङहरु बीच सदा झै सहकार्य र समन्वय गर्दै जाने एकमत भएको छ । जनगणनाको सन्दर्भमा कियाचु नेपालको दृष्टिकोणबारे स्पष्ट बनायो । मकाउ अध्यक्ष चण्डी योङया, बहराइन अध्यक्ष सोमराज कन्दङवा, अष्टे«लिया अध्यक्ष शशी सुब्बा, इजरायल अध्यक्ष कुमार आङ्देम्बे, युके अध्यक्ष तिलविक्रम सम्बाहाङफे, जर्मनका सचिव विक्रम पयाङ्गु, जापान महासचिव लक्ष्मीहाङ आङबो लगायतका पदाधिकारी तथा सदस्यहरुले आआफनो विचार राख्नुभयो ।

सहभागी विदेश चुम्लुङका नेतृत्वहरुबाट सबै विचारहरु समेट्दै जानुपर्ने, एक्यबद्धता, धर्मको विवाद देखिएता पनि सबैलाई समेट्नुपर्ने, निराकरणको लागि विद्वान अभियन्ताहरु लगाउनुपर्ने, स्पष्ट दिशानिर्देश, समितिहरुमा मतभेद रहेको, विदेशले कसरी योगदान गर्ने बारेमा थप सुझावहरु व्यक्त भयो । कियाचु नेपालको अध्यक्ष योगराज लिम्बु वनेमको अध्यक्षतामा सम्पन्न उक्त भर्चुअल बैठकको संचालन महासचिव निरन्ती तुम्बापोले गर्नुभएको थियो ।

उक्त बैठकमा कार्ययोजना एवम् कियाचु नेपालको अपील बारेमा अध्यक्ष वनेमले प्रस्तुत गर्नुभएको थियो । समापन मन्तव्यको क्रममा अध्यक्ष वनेमले किरातलाई विरोध गर्ने नाममा संस्था माथि नै हमला हुने, समितिहरुमा विभाजित मनोविज्ञानहरु पैदा गराउने कुराहरु प्रति सचेत रहनुपर्ने तर समय इतिहासले सबैलाई परिक्षण गर्ने हुनाले कुनैपनि तरिकाले नअत्ताली संयमित भएर अगाडि बढनुपर्ने र जनगणनाको सन्दर्भमा संस्थागत अपीललाई अझ प्रष्ट र व्यापक बनाउँदै लगिने बताउनुभयो । सम्पुर्ण विदेश स्थित किरात याक्थुङ चुम्लुङ अध्यक्ष, पदाधिकारी, सदस्य उपस्थितिहरुमा यरिक यरिक नोगेन ।