2021-03-03

कियाचु इजरायल कल्याणकारी कोष छात्रवृत्ति वितरण २०७७

किरात याक्थुङ चुम्लुङ, इजरायलबाट स्थापित कियाचु इजरायल कल्याणकारी कोष कियाचु नेपालले मिति २०७७ भाद्र १७ गते कियाचुको ३२ औं स्थापना दिवसको अवसरमा लिम्बुवानको ९ जिल्लाको सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्र छात्राहरु कल्याणकारी कोषको निर्देशिका बमोजिम २०७७ सालको लागि विभिन्न जिल्लाहरुका सम्बन्धित जिल्ला कार्य समितिहरुले विभिन्न समारोहहरु आयोजना गरी छात्र छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिने यस पल्ट विश्व महामारी कोभिड–१९ को कारण शैक्षिक सत्र २०७७ को माघ २४ गते सम्ममा मात्र छात्रवृद्धि वितरण गरिएको छ । छात्रवृत्ति रकम कक्षा ५ भन्दामुनिकालाई रु ८ हजार र कक्षा ६ देखि माथिकालाई रु १० हजारका दरले वितरण भएका छन् ।

पुरस्कृत छात्रछात्राहरुको नामावली – बेविसा येक्तेन, इलाम, कक्षा ७ । सोहानी नेम्बाङे, पाँचथर, कक्षा ५ । गीता चौलागाई, पान्थर, कक्षा ९ । विनिता कन्दङवा, तेह्रथुम, कक्षा १० । रेनुका आपागाई, तेह्रथुम, कक्षा ७ । उश्मीता चेम्जोङ, धनकुटा, कक्षा ७ । नामाहाङ लिम्बुु, मोरङ, कक्षा ३ । कान्छीना लिम्बु , ताप्लेजुङ, कक्षा ८ । सन्जीव वि.क., ताप्लेजुङ, कक्षा ५ । इन्द्र बहादुर सम्वाहाङफे, झापा, कक्षा ९ । सन्ध्या लिम्बु, सुनसरी, कक्षा ५ । सम्पुर्ण विद्यार्थीहरुलाई उत्तरोत्तर प्रगति र उज्जवल भविश्यका कामना गर्दै कल्याणकारी कोषको दाताहरुमा लुङमेन्दिङ नोगेन व्यक्त गर्दछौँ ।

(फोटो: कियाचु पान्थरबाट कक्षा ५ अध्यनरत सुहानी नेम्वाङलाई रु ८,००० (आठ हजार) छात्रवृत्ति कियाचु पान्थरको मिति २०७७ माघ २४ गतेको कार्यक्रममा जिल्ला अध्यक्ष नरेन्द्रराज केरुङ ज्युले वितरण )