2021-03-03

मिति २०७७ माघ २८ गते महाधिवेशन सम्बन्धमा सूचना

मिति २०७७ माघ २८ गते

महाधिवेशन सम्बन्धमा सूचना

किरात याक्थुङ चुम्लुङको एघारौं राष्ट्रिय महाधिवेशन आयोजना सम्बन्धमा उक्त महाधिवेशन आयोजना गर्नुपर्ने समय मिति २०७७ फागुन अन्तिम हप्तामा पुग्दैछ । तर मिति २०७६ चैतदेखि २०७७ पुससम्मको लगभग १० महिना नेपालमा समेत विश्व महामारी कोभिड १९को कारणले प्रतिकुल परिस्थिति उत्पन्न भई नियमित तथा योजनाबद्ध कार्यक्रमहरु हुन नसकेको हुनाले सो महाधिवेशन हुन नसक्ने अवस्था सृजना भएको सर्वविदित्तै छ । तसर्थ मिति २०७७ माघ ९ गते किरात याक्थुङ चुम्लुङको ६ (छैटौं) केन्द्रीय कार्य समितिको बैठक बसी संस्थाको विधान २०४६ (नवौं संसोधन सहित मिलाइएको)को दफा २१ (ग) अनुसार वर्तमान केन्द्रीय कार्य समितिको पदावधि १ (एक) वर्षसम्म अर्थात् २०७८ फागुनसम्म थप गरी सोही अवधिभित्रको उपयुक्त समयमा सो महाधिवेशन आयोजना गरिने निर्णय भएको सबैमा सूचना गर्दछौं ।

जानकारी रहोस्, संस्थापक अध्यक्ष नन्द कन्दङवा २०४६ साल काठमाडौंमा स्थापना, बीबी चेम्जोङ अध्यक्ष निर्वाचित २०४६ साल र्कीिर्तपुर काठमाडौंमा प्रथम, बीबी चेम्जोङ पुनः अध्यक्ष निर्वाचित २०४९ साल धरान सुनसरीमा दोश्रो, मञ्जुल याक्थुम्बा अध्यक्ष निर्वाचित २०५२ साल फेदेन पानथरमा तेस्रो, मञ्जुल याक्थुम्बा पुनःअध्यक्ष निर्वाचित २०५५ साल इलामबजार, इलाममा चौथो, मञ्जुल याक्थुङम्बा पुनःअध्यक्ष निर्वाचित २०५९ साल धरान सुनसरीमा पाचौं, अर्जुन लिम्बू अध्यक्ष निर्वाचित २०६३ साल दमक झापामा छैटौं, अर्जुन लिम्बू पुनःअध्यक्ष निर्वाचित २०६५ साल मेयङलुङ तेह्रथुममा सातौ, उत्तमसिं थाङदेन अध्यक्ष निर्वाचित २०६८ साल विराटनगर मोरङमा आठौं, उत्तमसिं थाङदेन पुनः अध्यक्ष निर्वाचित २०७१ साल ललितपुर चुम्लुङहिम ललितपुरमा नवौं र योगराज लिम्बू वनेम अध्यक्ष निर्वाचित २०७४ साल धरान चुम्लुङहिम सुनसरीमा दसौं राष्ट्रिय महाधिवेशनहरु सम्पन्न भएका थिए ।

योगराज लिम्बू वनेम अध्यक्ष, केन्द्रीय कार्य समिति