2021-03-07

केन्द्रीय कार्यालयको फायलिङ कागजात व्यवस्थापन सम्पन्न

२०७७ असार – साउन । लकडाउन खोलेपछि अर्थात् २०७७ असार पहिलो हप्तापछि कार्यालय समयमा खासै कामहरुका चाप थिएनन्, भर्चुअल बैठकहरुमा उपस्थिति बाहेक । उक्त समयको सदुपयोग गर्दै किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालयको वि।सं। २०४६ सालदेखि २०७७ असार मसान्तसम्मको जम्मा ३१ वर्ष अवधिको कागजातहरुलाई स्टोर कोठामा इन्डेक्स फाइलहरुमा व्यवस्थित गरी राख्ने काम भएको छ । यस काममा अध्यक्ष योगराज लिम्बु वनेम र कार्यालय सहायक सरिता राई तुम्सा लागेका थियौं, झण्डै २ महिना लाग्यो । यस अघि, निर्णय पुस्तिकाहरु, वैधानिक कागजातहरुलाई व्यवस्थित गरेका थियौं । काम सम्पन्नताको खुशी सबैमा ।

कागजात व्यवस्थापन प्रति लगाव र रुचि आवश्यक छ । वर्तमान अध्यक्ष वनेम आफु कोषाध्यक्ष९२०५२–२०६३० हुदाँका बखत २०५८ सालतिर हुनुपर्दछ, त्यतिखेर महालक्ष्मीस्थानको भाडाको घरमा अफिस थियो, त्यो बेला यी कागजातहरुलाई पहिलोपटक इन्डेक्सीङ सम्पन्न भएको थियो । त्यसैगरी वर्तमान अध्यक्ष महासचिव९२०६३–२०६८० हुदाँका बखत २०६८ सालतिर निरन्तरता भयो । त्यसबीच साथीहरुले गर्दै लानु भयो । पुनः यस वर्ष आफु अध्यक्ष हुदाँको बखत कार्यालय सहायक बहिनीसँग मिली मिहनेत र जाँगर सहित लकडाउनको समय सदुपयोग गर्दै केन्द्रीय कार्यालयको स्टोरमा भएका २०४६ सालदेखि २०७७ सालसम्मका फायलहरु, कागजातहरु, रजिष्टरहरु, ओरिजिनल आधिकारिक कागजातहरु लगायतका फायलिङ कागजात व्यवस्थापन सम्पन्न भएको छ ।