2021-03-14

उपत्यका एम्बुलेन्स तथा शववहान सेवा केन्द्र

किरात याक्थुङ चुम्लुङको विधान २०४६ सातौँ संशोधनको दफा ६०(क)ले दिएको अधिकार प्रयोग गरी प्रारम्भमा कियाचु काठमाण्डौ जिल्ला शाखा समितिले संचालन गर्दै आएको र हाल केन्द्र, काठमाण्डौ, ललितपुर र भक्तपुर समेतले सञ्चालन गर्नको लागि उपत्यका एम्बुलेन्स तथा शव वाहन सेवा केन्द्र २०६९ सालमा स्थापना भई क्रियाशील रहेको छ ।

केन्द्रको उद्देश्यहरु

(क) कियाचुको निर्धारित उद्देश्यहरु प्राप्तिको लागि सहयोगी भूमिकामा रहने ।

(ख) आपतकालिन एम्बुलेन्स तथा शव वाहन सेवा लिम्बू लगायत अन्य जाति समुदायलाई दिने ।

(ग) बिरामी, अशक्तहरुलाई आवश्यक वाहन सेवा गर्ने ।

(घ) “सेवा नै धर्म हो” मूल लक्ष्य राखी सेवा गर्ने ।

केन्द्रको कामहरु

(क) केन्दको उद्देश्य प्राप्तिका लागि सम्पूर्ण कार्य गर्ने ।

(ख) संचालक समिति गठन, एम्बुलेन्स तथा शव वाहनको व्यवस्थापन गर्ने गराउने ।

(ग) समान उद्देश्य र दृष्टिकोण भएका केन्द्रहरुसँग सम्बन्ध र समन्वय राखी केन्द्रको उद्देश्य अनुरुप कार्यक्रम तथा सेवाहरु सञ्चालन गर्ने ।