2021-05-09

लिम्बुवान अध्ययन केन्द्र विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार —२०७३

लिम्बुवान अध्ययन केन्द्र विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार —२०७३

प्रस्तावना

लिम्बु र लिम्बुवान क्षेत्रको भाषा, संस्कृति, इतिहास, आदिवासी ज्ञान, सीप तथा राजनैतिक, सामाजिक, आर्थिक र शैक्षिक विषयहरूमा गहन अध्ययन अनुसन्धानमा आधारित कृति प्रकाशन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति, समूह वा संस्थालाई प्रोत्साहन तथा सम्मानस्वरुप पुरस्कृत गर्नका लागि विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कारको व्यवस्थापन गर्न र अध्ययन तथा अनुसन्धान कार्यमा समर्पित व्यक्ति तथा समूहलाई आर्थिक रुपमा सहयोग पु¥याउन विष्णुदत्त–सरस्वती आङ्बुहाङ अनुसन्धानवृत्ति सञ्चालन गर्नका लागि श्री विष्णुदत्त आङबुहाङ र श्रीमती सरस्वती आङबुहाङबाट प्राप्त रकम रू. ३०,००,०००(रूपैयाँ तीस लाख) को विष्णुदत्त– सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष स्थापना गरी सञ्चालन गर्नका लागि लिम्बुवान अध्ययन केन्द्र अन्तर्गत ‘‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार र अनुसन्धानवृत्ति २०७३ सालमा कार्यान्वयन भएका हो ।

उद्देश्य

लिम्बु र लिम्बुवान क्षेत्रको भाषा, संस्कृति, इतिहास, आदिवासी ज्ञान, सीप, राजनैतिक, सामाजिक–आर्थिक र शैक्षिक विषयहमा विवेचनात्मक अनुसन्धान र ज्ञान अभिवृद्धि गर्नमा योगदान पु¥याउने । लिम्बू र लिम्बुवान क्षेत्रका भाषा, संस्कृति, लिखित वा अलिखित इतिहास, आदिवासी तथा परम्परागत ज्ञान, सीपसम्बन्धी लोपोन्मुख विषयवस्तुहरूको खोज अनुसन्धानमा आधारित अभिलेखीकरण कार्यलाई सहयोग प्रदान गर्ने । लिम्बु र लिम्बुवान क्षेत्रको भाषा, संस्कृति, इतिहास, आदिवासी ज्ञान, सीप, राजनैतिक, सामाजिक, आर्थिक र शैक्षिक विषयहरूमा सम्बन्धित सरोकारवाला (जाति, समाज, समुदाय, नीति निर्माता) हरूलाई नीति निर्माणमा सहयोग पु¥याउने ।

प्राज्ञिक पुरस्कार राशी

प्राज्ञिक पुरस्कारको राशीको स्रोत प्राज्ञिक कोषबाट प्राप्त ब्याज हुनेछ । प्राज्ञिक पुरस्कार रकम रू. १,००,००० (रूपैयाँ एक लाख) सहित एक ताम्र–पत्र प्रदान गरिनेछ । एकभन्दा बढी व्यक्ति वा समूह वा संस्था पुरस्कृत भएमा पुरस्कारको धनराशी दामासाहीको आधारमा प्रदान गरिनेछ । प्रत्येक दुई÷दुई वर्षमा प्राज्ञिक पुरस्कार वितरण हुनेछ ।

अनुसन्धानवृत्ति राशी

अनुसन्धानवृत्तिको राशीको स्रोत प्राज्ञिक कोषबाट प्राप्त ब्याज हुनेछ । अनुसन्धानवृत्ति व्यक्ति वा समूहलाई तोकिए बमोजिमको निश्चित रकम प्रदान गरिने छ । अनुसन्धानवृत्ति सामान्यतः प्रत्येक वर्ष प्रदान गरिने छ ।

प्राज्ञिक पुरस्कारमा सहभागिता र मापदण्ड

लिम्बू र लिम्बुवान क्षेत्रको भाषा, संस्कृति, इतिहास, आदिवासी ज्ञान, सीप, राजनैतिक, सामाजिक, आर्थिक र शैक्षिक विषयहरूमा गहन अध्ययन–अनुसन्धान गरी प्रकाशित मौलिक कृतिहरू सहभागी हुन योग्य हुनेछन् । यो पुरस्कार स्थापना भएको मितिपश्चात प्रकाशित भई लिम्बुवान अध्ययन केन्द्रलाई प्रतिस्पर्धी वा अन्य कुनै स्रोतबाट प्राप्त मौलिक कृतिहरूलाई सहभागी गराइनेछ । कृतिको आधारमा व्यक्ति वा समूह वा संस्थाले जति पटक पनि सहभागी हुन पाउनेछन् । सहभागी कृति वा कृतिहरू मौलिक, खोजमूलक, अनुसन्धानात्मक र तथ्यपरक हुनुपर्नेछ । प्राज्ञिक पुरस्कारका लागि सहभागी हुने कृति वा कृतिहरू सम्बन्धित व्यक्तिले तोकिएको ढाँचा वा मितिमा स्वयम् उपलब्ध गराई वा सञ्चालक समितिले विभिन्न स्रोतहरुबाट समेत सहभागिता गराउनका लागि कृति वा कृतिहरू सङ्कलन गरी वा गराई सहभागिता गराउन सक्नेछ ।

अनुसन्धानवृत्तिमा सहभागिता र मापदण्ड

कुनै विषयमा स्नातकोत्तर वा सोभन्दा माथिको तह उत्तीर्ण व्यक्तिहरू अनुसन्धानवृत्तिका लागि योग्य हुनेछन् । वा, स्वअध्ययन गरी अध्ययन तथा अनुसन्धान क्षेत्रमा दक्षता हासिल गरेका व्यक्ति अनुसन्धानवृत्तिमा सहभागी हुन योग्य हुनेछन् । अनुसन्धानवृत्तिका लागि समूहको हकमा विनियम ११ (क) को योग्यता पुगेको व्यक्ति मुख्य अनुसन्धनकर्ता हुनुपर्नेछ भने सहायक अनुसन्धानकर्ता कुनै विषयमा कम्तीमा स्नातक उत्तीर्ण गरेको हुनु पर्दछ । अनुसन्धानवृत्तिका लागि योग्यता पुगेको व्यक्ति वा समूहले अनुसन्धानवृत्तिका लागि तोकिएको ढाँचा र मितिमा अनुसन्धान प्रस्ताव छनौट समितिमा पेश गर्नु पर्नेछ । अनुसन्धानवृत्तिका लागि स्वदेशी तथा विदेशी लेखक तथा अनुसन्धानकर्ताहरू सहभागी हुन सक्नेछन् ।

संस्थापक

‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष’को स्थापना वि.सं. २०७३ मा भएको हो । ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष’ स्थापनाका लागि अक्षयकोषमा रू. ३०,००,०००(रूपैयाँ तीस लाख) एकमुष्ठ रकम प्रदान गर्ने कोषदाता श्री विष्णुदत्त आङ्बुहाङ र श्रीमति सरस्वती आङ्बुहाङलाई संस्थापक सम्झनु पर्दछ । संस्थापकको सङ्क्षिप्त परिचय नियमावलीको अनुसूचीमा उल्लेख गरिएको छ । (For more please visit www.limbuwanstudies.org)