मिति २०७७।११।२१ गते विज्ञप्ति दोभानमा आगालागी
मिति २०७७।११।२१ गते विज्ञप्ति
ताप्लेजुङ जिल्ला, मेरिङदेन गाउँपालिका, वडा नं. ३ खाम्लुङ, तमोर नदी र मैवाखोला नदीको दोभानमा रहेको दोभानबजारमा मिति २०७७।११।१८ गते भिषण आगालागी भएको र सोको कारण ४९ घर जलेर नष्ट भएको, ७९ परिवारको विचल्ली भएको, ठूलो आर्थिक क्षति भएको छ । यस दुखद घटनाप्रति किरात याक्थुङ चुम्लुङ गहिरो दुःख व्यक्त गर्दछ । उक्त घटनाबाट पीडित व्यक्ति एवम् परिवारको लागि उचित राहत व्यवस्था मिलाउनको लागि सम्बन्धित स्थानीय, प्रदेश र नेपाल सरकारप्रति जोडदार माग गर्दछौं । साथै ताप्लेजुङ जिल्लामा भिषण आगालागीका घट्नाहरु दोहोरी रहेको हुनाले यसतर्फ सचेत रही यस्ता घट्ना हुन नदिन व्यवस्थापन तथा नियामक निकायहरु, स्थानीय प्रशासन एवम् स्थानीय सरकार प्रति जोडदार माग गर्दछौं । उक्त आगालागी घट्नाबाट पीडित व्यक्तिपरिवारको लागि आआफनो क्षेत्र तर्फहरुबाट आवश्यक सरसहयोग गर्न गराउन शुभचिन्तकहरु सबैमा हार्दिक अपील पनि गर्दछौं ।