2021-05-11

मुक्कुमलुङ संरक्षणको लागि सर्वोच्च अदालतमा रिट निवेदन

मिति २०७७ फागुन ३ गते काठमाडौं । मुक्कुमलुङ संघर्ष समिति, याक्थुङ (लिम्बु) सयङ सहजीकरण समुह सचिवालय, किरात याकथुङ चुम्लुङ, लाहुरनिप, संघर्ष समितिका सहभागी प्रतिनिधिहरु, स्थानीय अधिकारवाला प्रतिनिधिहरु, लिम्बुजन्य थरगत संघसंस्थाका प्रतिनिधिहरुको १४८ जना निवेदकहरुको तर्फबाट श्री सर्वोच्च अदालतमा उत्प्रेषण, परामादेश लगायत जो चाहिने आज्ञा वा आदेश जारी गरीपाउँ भनी रिट निवेदन दिएको छ ।

उक्त रिट निवेदनको सारसंक्षेपमा प्रमुखतः (क) मुक्कुमलुङमाको जग्गा भोगाधिकारमा दिने र १०,२३१ बटा विभिन्न रुख विरुवा काट्ने सम्झौता बदर गर्न र तत्काललाई जमिन प्रयोग तथा रुख बोट विरुवा काटी समुदायको संस्कृति, सम्पदा र आध्यात्मिक स्थललाई असर गर्ने कार्य नगर्न नगराउन (ख) मुक्कुमलुङमालाई व्यापारीकरण गर्ने उद्देश्यको निर्णय बदर गर्न, याक्थुङ समुदायको अग्रिम सुसूचित स्वतन्त्र मञ्जूरी (Free Prior and Informed Consent) कायम गरी पुनः प्रक्रियामा जान (ग) समुदायको अधिकार संरक्षण गर्न (घ) याक्थुङ (लिम्बु) समुदायको धर्म, संस्कृति, ऐतिहासिक, पुरातात्विक र आध्यात्मिक आस्थामा गम्भीर आँच आउन नदिने गरी सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी गरी पाउँ भनी रिट निवेदन गरिएको छ ।