बृहत नागरिक आन्दोलन घोषणापत्र जारी

मिति २०७७ फागुन ७ काठमाडौं । बृहत नागरिक आन्दोलनका तर्फबाट घोषणापत्र जारी भएको छ । टुँडिखेलबाट घोषणा गरिएको यो नागरिक घोषणापत्र नागरिकहरुमा निहीत अधिकारको प्रयोग गरेर जारी गरिएको हो । नागरिक घोषणापत्रले आदिवासी जनजाति, महिला, दलित, मधेसी, यौनिक अल्पसंख्यक जस्ता ऐतिहासिक रुपमा परित्यक्त एवं विभेद भोगेका समुदायको अधिकार, अपनत्व, आत्मसम्मान र स्वामित्व सुनिश्चित हुने जीवन्त लोकतन्त्रको परिकल्पना उल्लेख छ । घोषणा पत्रको पूर्ण पाठ यससँग संलग्न लिंक फाइलमा उल्लेख छ । फोटो श्रोतः बृहत नागरिक आन्दोलनको फेसबुक पेज ।