2021-05-12

जनगणनाका लिम्बु रेडियो जिंगल तयार

मिति २०७७ फागुन १८ गते ललितपुर । आगामी राष्ट्रिय जनगणना २०७८लाई लक्षित गरी किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालयले रेडियो जिंगल तयार गरी जारी गरेको छ । विशेषतः जिल्लाहरु स्थित एफएम रेडियो स्टेशनहरु, सामाजिक सञ्जालहरु फेसबुक तथा युटुबबाट प्रचार प्रसार गर्नको लागि उक्त रेडियो जिंगल तयार गरिएको हो । उक्त रेडियो जिंगलको मुख्य सन्देश निम्नानुसार रहेको छ ।

जातजाति : लिम्बु लेखौं लेखाऔं ।

पुर्खाको भाषा : लिम्बु लेखौं लेखाऔं ।

मातृभाषा  : लिम्बु लेखौं लेखाऔं ।

दोश्रोभाषा : नजीकको आदिवासी जनजातिको भाषा ।

धर्म : किरात लेखौं लेखाऔं ।

लिम्बुको आफनै मौलिक लयमा तयार गरिएको उक्त रेडियो जिंगलहरु किरात याक्थुङ चुम्लुङको औपचारिक फेसबुक kirat yakthung chumlung nepal (https://www.facebook.com/kirat.chumlungnepal) मा सुन्न सकिनेछ र थप प्रचारप्रसार गर्न अनुरोध छ । लिम्बु भाषा र नेपाली भाषामा तयार पारिएको उक्त रेडियो जिंगलहरु एक छोटो प्रकार (रेपीड जिंगल) र अर्को लामो प्रकार क्रमशः तीस सेकेण्ड र दुई–तीन मिनेटका लम्बाईहरुका छन् । उक्त रेडियो जिंगलमा चर्चित कलाकार एवम् कियाचु केन्द्रीय सचिव यासेली योङहाङको पुरुष स्वर र ‘चाप्पेतीको कुम्मा’ भनी चर्चित कलाकार पुष्पाञ्जली तिलिङ मादेन लिम्बुको महिला स्वर रहेको छ । सातदोबाटो ताल्छीखेल ललितपुरस्थित ओपेरा डिजीटल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरी तयार गरिएको सो रेडियो जिंगलको लागि संयोजन तथा समन्वय कलाकार एवम् लिम्बु सांस्कृतिक परिषदको केन्द्रीय अध्यक्ष गोविन्द आङबुङले गर्नुभएको थियो ।