2021-05-13

जनगणनाको लागि पर्चा वितरण

२०७७ फागुन २५ गते ललितपुर । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालयको तर्फबाट जनगणना पर्चा छापी वितरण भएको छ । मजबुत, विश्वसनीय लिम्बु जनसंख्या निर्माणमा लक्षित गरी आगामी २०७८ राष्ट्रिय जनगणनाको लागि अपील पर्चा छापिएको हो । केन्द्रीय कार्यालयबाट उक्त अपील पर्चाको इलेक्ट्रीक कपी तयार गरी प्रदेश र जिल्लाहरुमा वितरण गरिएको छ । सोलाई नमुना मानी प्रत्येक जिल्लाहरुले आआफनो तर्फबाट प्रकाशित गरी व्यापक रुपमा वितरण गर्ने गरी योजना बनाइएको छ । जनगणनामा प्रभावकारीरुपमा चुम्लुङ संयन्त्र सकृय होस भनी केन्द्रीय कार्यालयबाट एक कार्य योजना तयार गरी लागू गरेको थियो, सोही कार्ययोजना मध्ये एक महत्वपूर्ण कार्य थियो । उक्त अपील पर्चामा निम्न व्यहोरा उल्लेख छ ।

लुङमेन्दीङ ‘अपील’

मजबुत, विश्वसनीय लिम्बु जनसंख्या निर्माणको लागि जनगणनामा सबै सहभागी बनौं !

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, सेवारो ।

विगत ३० वर्षको निरन्तर इमान्दार मेहनत, आम सम्मति, समय सन्दर्भले मागे बमोजिमको दस लिम्बुवान १७ थुमको प्रतिनिधिहरुले सामुहिक निर्णय गरी २०४८, २०५८ र २०६८ सालहरुमा सम्पन्न राष्ट्रिय जनगणनाहरुबाट आदिवासी लिम्बुहरुको जाति, भाषा, धर्म विषयक सामुदायिक परिचयहरुलाई समयबाट परिक्षित, पारङ्गित र स्थापित गर्न सफल भएकाछौं । परिणामतः आदिवासी लिम्बुको यी स्पष्ट पहिचानहरु संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन भइरहेका छन् । हाल, हामी २०७८ सालमा सम्पन्न हुन गइरहेको राष्ट्रिय जनगणनाको संघारमा छौं । उक्त अवसरलाई सदुपयोग गरी आगामी जनगणनामा आदिवासी लिम्बुको सन्दर्भमा निम्न विषयहरुमाथि निम्नानुसार लेख्न लेखाउन किरात याक्थुङ चुम्लुङ लुङमेन्दीङ अपील गर्दछौं ।

(राष्ट्रिय जनगणना २०७८ मुख्य प्रश्नावलीको व्यक्तिगत विवरण खण्ड टेबल) । जात÷जाति के हो ? भन्ने महलमा लिम्बु । पुर्खाको भाषा कुन हो ? भन्ने महलमा लिम्बु । मातृभाषा कुन हो ? भन्ने महलमा लिम्बु । दोश्रो भाषा कुन हो ? भन्ने महलमा नजीकको आदिवासी जनजातिको मातृभाषा । कुन धर्म मान्नु हुन्छ ? भन्ने महलमा किरात ।

किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालय