2021-05-18

इजरायलको आठौं वार्षिकउत्सव र नवसमिति चयन

मिति २०७७ चैत्र ३१ गते किरात याक्थुङ चुम्लुङ इजरायलको आठौं वार्षिकउत्सव भर्चुअलबाट किरात याक्थुङ सम्पन्न भएको छ । यस बर्ष भने कोभिड -१९, महामारीको कारण प्रत्यक्ष भेला भएर गर्न सम्भव नभएकोले अनलाइन जुम भर्चुअल मार्फत सम्पन्न गरिएको हो । कार्यक्रममा नेपाल राजदुतावास इजरायलकी राजदुत महामहिम डा. अन्जान शाक्य, कियाचु केन्द्र नेपाल अध्यक्ष योगराज वनेम, महासचिव निरन्ती तुम्बापो, महासंघ इजरायलकी अध्यक्ष पेम्बा डोल्मा ह्योल्मो, महासंघ पदाधिकारी, संरक्षक परिषद, सामाजिक, धार्मिक, सांस्कृतिक,साहित्यिक, राजनीतिक संघ-संस्था, संगठन अध्यक्ष तथा प्रतिनिधिहरु, मिडिया, चुम्लुङ इजरायलका याक्थुङ तथा गैरयाक्थुङ नेपाली दाजुभाइ,दिदिबहिनी शुभेच्छुक,शुभचिन्तक महानुभावहरु र विभिन्न देशबाट जूम भर्चुअल कार्यक्रममा सामाजिक संजाल फेसबुक live बाट उपस्थित रहेको थियो ।

कुमार आङदेम्बेको अध्यक्षता, महासचिव राज लिम्बुको संचालन, कार्यक्रम उद्घाटन प्रबन्ध संस्थापक अध्यक्ष प्रताप मादेन, प्राविधिक सर्पोट निवर्तमान अध्यक्ष तथा सल्लाहकार नयन इम्सङ, स्वागत मन्तव्य नुमा काङभा बखिम, आर्थिक प्रतिवेदन खुमा लिम्बु, प्रगति प्रतिवेदन महासचिव राज लिम्बुले प्रस्तुति रहेको उक्त वार्षिकोत्सव कार्यक्रममा विभिन्न अतिथिहरुबाट शुभकामना मन्तव्य राखिएको थियो ।

प्रमुख अतिथि महामहिम राजदुन अन्जना शाक्यबाट शुभकामना मन्तव्य राख्ने क्रममा लिम्बु, किरात इतिहास बोकेको समुदाय भएको जसको देश निर्माणमा महत्वपूर्ण योगदान रहेको छ । नयाँ पिढीलाई सिकाउदै, पुरानालाई धन्यवाद दिदै इजरायलस्थित नेपाली राजदुतावासले आयोजना गर्न लागेको ६१ औं दौत्यसम्बन्धमा प्रवेश गरेको सुखद अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन अनुरोध गर्नुभयो ।

विशेष अतिथि कियाचु नेपालका अध्यक्ष योगराज लिम्बु वनेमबाट नेपालको अर्थतन्त्रमा विदेशा कार्यरत महानुभावहरुबाट नेपालमा प्राप्त रेमिटयान्सको ठूलो योगदानको चर्चा गर्दै कियाचु इजरायलले त्यहाँ संगठित सबै नेपाली संगठनहरु तथा दिदीबहिनी दाजुभाइहरुमा राखेको सुमधुर सम्बन्धको प्रशंसा गर्नुभयो । कियाचु नेपाल र लिम्बु समाजको सन्दर्भमा कियाचु इजरायलले पुरयाएको योदानको चर्चा गर्दै संस्थागत, दुखविमार, दैवीप्रकोप, गीतसंगीत कलाकार, समुदायगत क्षमताविकास, शिक्षामा सहयोग, आत्मनिर्भर अक्षय कोष स्थापनामा विशेष योगदान, विद्यार्थीहरुको छात्रवृत्तिमा सहयोग बारेमा महत्वपूर्ण योगदान रहेकोमा धन्यवाद व्यक्त गर्नुभयो । त्यसैगरी नेपाल देशको आदिवासी जनजाति दृष्टिकोण लगायत समग्र परिवेशमा देखा परेको राजनीतिक प्रतिकुलता, विकास र समृद्धिको नाममा आदिवासी जनजाति माथि झन् अतिक्रमण, विभेद, असमानता, असहभागिता विरुद्ध लागिरहनुपरेको परिस्थिति जानकारी गराउनुभयो । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशितामा देखापरेका सकंटहरु, प्रतिगमनका विभिन्न रुपहरु जस्तो कि राजनीतिमा, चाडबाडमा, शिक्षामा, विकास गतिविधिमा, राष्ट्रियता र राष्ट्रवादमा आदिको चर्चा गर्दै हामीमा विकसित साँस्कृतिक चेतलाई राजनीतिक चेतमा परिणत गरी लाग्नुपर्ने आवश्यकता औलाउनुभयो ।

किरात याक्थुङ चुम्लुङ इजरायलको आठौँ बार्षिकोत्सव तथा छैटौं साधारण सभाले २०२१देखी २०२३ दुई बर्ष सम्मको लागि अध्यक्षमा नुमा काङ्भा बोखिमलाई चयन गरेको छ ! त्यसैगरी अन्य पदाधिकारी तथा सदस्यहरुमा क्रमशः बरिष्ठ उपाध्यक्ष- राज लिम्बु उपाध्यक्ष- कन्चन काङभा लिम्बु उपाध्यक्ष – खुमा लिम्बु उपाध्यक्ष – वसन वनेम लिम्बु महासचिव – सुदिप आङबुहाङ सचिव – तुलसा तुम्बाहाङफे काेष अध्यक्ष- कमला सेनेहाङ सह कोषाध्यक्ष – संगीता आङथुपाे सदस्य – सोमना लिम्बु सदस्य – यमुना लावती सदस्य – दिपा लिम्बु सदस्य- दुर्गापूजा मेयाङबाे सदस्य – सकुन राई थक्लुङ सदस्य – चारूहाङ याेङहाङ निर्वाचित हुनुभएको थियो । सल्लाहाकार समिति प्रमुख सल्लाहाकार – कुमार आङदेम्बे (अबि) सल्लाहाकार – जया चेम्जाेङ रहेका छन !

जुम भर्चुअलमा सम्पन्न वार्षिकोत्सव र नव समिति चयन पश्चात् पछिल्लो समयमा निवर्तमान अध्यक्ष कुमार आङदेम्बे अविबाट एक अर्को प्रत्यक्ष भेटघाट तथा बुझबुझारथ समारोह आयोजना भएको थियो । उक्त समारोहमा निवर्तमान अध्यक्ष अबिले "आउदो दिनहरुमा पनि कियाचु इजरायल र कियाचु इजरायलका नव निर्वाचित समितिलाई हिजो सम्म साथ दिनु भएको भन्दा अझै धेरै साथ,सहयोग गर्न हुन/गर्नु हुन्छ भन्ने बिश्वास लिएको छु | स्थापना काल 2013 अप्रिल 13 तारिख देखि मेरो नेतृत्व कार्यकाल 2019/21 सम्ममा भाषा,धर्म,भेषभुषा,स्वस्थ्य,शिक्षा,प्रकृति प्रकोप,दीनदुखि आदि शिर्षकमा जे जति उन्नति,प्रगति तथा सहयोग भएको छ वा चुम्लुङ इजरायलको आज जहाँ छ त्यहाँ पुर्याउनमा यहाँहरुको पनि उतिकै भुमिका रहेको बिशेष गरेर इजरायलमा कार्यरत तमाम नेपाली दाजुभाइ दिदिबहिनीहरु उतिकै साथ,सहयोगले नै सम्भव भएको अवगत गर्दै यहाँहरुको उन्नति प्रगतिको कामना गर्दछु |" भन्दै धन्यवाद मन्तव्य राख्नुभएको थियो ।