2021-05-19

काठमाडौंमा संगठन तथा जनगणना प्रशिक्षण सम्पन्न

मिति २०७७ फागुन २८ गते । काठमाडौं बुढानिलकण्ठ भंगालस्थित काठमाडौं चुम्लुङ भवनमा किरात याक्थुङ चुम्लुङको राष्ट्रिय अभियान अनुरुप ‘संगठन तथा जनगणना प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ ।

किरात याक्थुङ चुम्लुङ काठमाडौं जिल्ला कार्य समितिद्वारा आयोजित कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष डम्बर बहादुर तुम्बाहाङफे, उद्घोषण जिल्ला सचिव टेक बहादुर काम्बाङ, प्रमुख प्रशिक्षण मन्तव्य प्रस्तुति केन्द्रीय उपाध्यक्ष उपप्राध्यापक प्रेम येक्तेनले गर्नुभएको थियो । उक्त कार्यक्रममा कियाचु नेवा ताम्सालिङको मुख्यसचिव प्रदीप योङहाङको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कियाचु काठमाडौं जिल्ला कार्य समिति, नेवा ताम्सालिङ समिति, विषयगत संगठन समितिका पदाधिकारी तथा सदस्यहरु, शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक येक्तेनले कियाचु केन्द्रले आगामी राष्ट्रिय जनगणनाको सन्दर्भमा अपील गरेको विचार तथा दृष्टिकोणहरु प्रस्तुत गर्नुभयो । साथै यो प्रशिक्षणमा उल्लेखित विचारहरु लिम्बु समुदायमा गई प्रष्ट गर्न गराउन सम्बन्धित कार्य समिति सकृय रहनुपर्ने अपील गर्नुभयो । उक्त प्रशिक्षण कार्यक्रममा सहभागीहरुबाट आएका विभिन्न प्रश्नहरुको जवाफ एवम् छलफल भई एकापसमा स्पष्ट हुने कार्य सम्पन्न भयो । उक्त कार्यक्रमको अन्तमा अध्यक्ष तुम्बाहाङफेले धन्यवादसहित समापन गर्नुभएको थियो ।