तेह्रथुम मेयङलुङमा संगठन तथा जनगणना प्रशिक्षण सम्पन्न

मिति २०७७ फागुन २८ गते । तेह्रथुम जिल्ला मेयङलुङबजार स्थित तेह्रथुम चुम्लुङ भवनमा किरात याक्थुङ चुम्लुङको राष्ट्रिय अभियान अनुरुप ‘संगठन तथा जनगणना प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ ।
किरात याक्थुङ चुम्लुङ तेह्रथुम जिल्ला कार्य समितिद्वारा आयोजित कार्यक्रमको अध्यक्षता एवम् संचालन जिल्ला सचिव तेजमान कन्दङवा, प्रमुख प्रशिक्षण मन्तव्य प्रस्तुति केन्द्रीय उपाध्यक्ष डा. कमल तिगेलाले गर्नुभएको थियो । उक्त कार्यक्रममा कियाचु लिम्बुवान प्रदेश समितिको उपाध्यक्ष टंकमाया लिम्बु लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कियाचु तेह्रथुम जिल्ला कार्य समिति, प्रदेश समिति, विषयगत संगठन समितिका पदाधिकारी तथा सदस्यहरु, शुभचिन्तकहरु सहित केन्द्रीय सल्लाहकार नरप्रसाद लुम्फङवा, केन्द्रीय सदस्य राज्यप्रसाद लुम्फङवाको उपस्थिति रहेको थियो ।
उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक डा तिगेलाले कियाचु केन्द्रले आगामी राष्ट्रिय जनगणनाको सन्दर्भमा अपील गरेको विचार तथा दृष्टिकोणहरु प्रस्तुत गर्नुभयो । साथै यो प्रशिक्षणमा जनगणनामा जातजातिमा लिम्बु, भाषामा लिम्बु र धर्ममा किरात लेख्नुपर्ने तर्क, तथ्य र कियाचु नेपालको दृष्टिकोणहरुको बारेमा प्रस्तुति गर्नभई विभिन्न भ्रमहरुलाई प्रष्ट पार्ने मन्तव्यहरु राख्नुभयो । यी विचारहरु सहित लिम्बु समुदायमा गई प्रष्ट गर्न गराउन साथै बाँकी गाउँस्तरीय प्रशिक्षणहरु चलाउन सम्बन्धित कार्य समिति सकृय रहनुपर्ने अपील गर्नुभयो । त्यसैगरी प्रदेश उपाध्यक्ष टंकमाया, केन्द्रीय सल्लाहकार नरप्रसाद समेतले आआफनो मन्तव्य राख्दै जनगणनामा स्पष्ट भएर सबै पंक्ति लाग्नुपर्ने बताउनुभयो । उक्त प्रशिक्षण कार्यक्रममा सहभागीहरुबाट आएका विभिन्न प्रश्नहरुको जवाफ एवम् छलफल भई एकापसमा स्पष्ट हुने कार्य सम्पन्न भयो । उक्त कार्यक्रमको अन्तमा अध्यक्षता एवम् संचालक सचिव कन्दङवाले धन्यवादसहित समापन गर्नुभएको थियो ।