2021-05-19

ललितपुरमा संगठन तथा जनगणना प्रशिक्षण सम्पन्न

मिति २०७७ फागुन २९ गते । ललितपुर जिल्ला तिखेदेवल शोभाहिटीस्थित ललितपुर चुम्लुङ भवनमा किरात याक्थुङ चुम्लुङको राष्ट्रिय अभियान अनुरुप ‘संगठन तथा जनगणना प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ ।

किरात याक्थुङ चुम्लुङ ललितपुर जिल्ला कार्य समितिद्वारा आयोजित कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष रामबहादुर बखिम, उद्घोषण जिल्ला सचिव, प्रमुख प्रशिक्षण मन्तव्य प्रस्तुति केन्द्रीय उपाध्यक्ष उपप्राध्यापक प्रेम येक्तेनले गर्नुभएको थियो । उक्त कार्यक्रममा कियाचु नेवा ताम्सालिङ प्रदेश समितिको मुख्यसचिव प्रदीप योङहाङको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कियाचु ललितपुर जिल्ला कार्य समिति, नेवा ताम्सालिङ समिति, विषयगत संगठन समितिका पदाधिकारी तथा सदस्यहरु, शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक येक्तेनले कियाचु केन्द्रले आगामी राष्ट्रिय जनगणनाको सन्दर्भमा अपील गरेको विचार तथा दृष्टिकोणहरु प्रस्तुत गर्नुभयो । साथै यो प्रशिक्षणमा उल्लेखित विचारहरु लिम्बु समुदायमा गई प्रष्ट गर्न गराउन सम्बन्धित कार्य समिति सकृय रहनुपर्ने अपील गर्नुभयो । उक्त प्रशिक्षण कार्यक्रममा सहभागीहरुबाट आएका विभिन्न प्रश्नहरुको जवाफ एवम् छलफल भई एकापसमा स्पष्ट हुने कार्य सम्पन्न भयो । उक्त कार्यक्रमको अन्तमा अध्यक्ष बखिमले धन्यवादसहित समापन गर्नुभएको थियो ।