2021-05-19

पान्थर फाल्गुनन्दमा संगठन तथा जनगणना प्रशिक्षण सम्पन्न

मिति २०७७ चैत ३ गते । पान्थर जिल्ला फाल्गुनन्द गाउँपालिका, फाक्तेप पंचमीमा किरात याक्थुङ चुम्लुङको राष्ट्रिय अभियान अनुरुप ‘संगठन तथा जनगणना प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ ।

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको सहजीकरण, फाल्गुनन्द गाउँपालिका समितिको व्यवस्थापन र पान्थर जिल्ला कार्य समितिद्वारा आयोजित कार्यक्रमको प्रमुख प्रशिक्षण मन्तव्य प्रस्तुति केन्द्रीय उपाध्यक्ष डा. कमल तिगेला र केन्द्रीय सदस्य गोविन्द आङबुङले गर्नुभएको थियो । उक्त कार्यक्रममा कियाचु केन्द्रीय सचिव चन्द्र कुमार आङदेम्बे, लिम्बुवान प्रदेश समिति, जिल्ला अध्यक्ष नरेन्द्र केरुङ, स्थानीय बुद्धिजीविहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कियाचु पान्थर जिल्ला कार्य समिति, प्रदेश समिति, विषयगत संगठन, नगर समितिका पदाधिकारी तथा सदस्यहरु, लिम्बुजन्य संघसंस्था, शुभचिन्तकहरु सहितको उपस्थिति रहेको थियो । उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक डा तिगेलाले कियाचु केन्द्रले आगामी राष्ट्रिय जनगणनाको सन्दर्भमा अपील गरेको विचार तथा दृष्टिकोणहरु प्रस्तुत गर्नुभयो । साथै यो प्रशिक्षणमा जनगणनामा जातजातिमा लिम्बु, भाषामा लिम्बु र धर्ममा किरात लेख्नुपर्ने तर्क, तथ्य र कियाचु नेपालको दृष्टिकोणहरुको बारेमा प्रस्तुति गर्नभई विभिन्न भ्रमहरुलाई प्रष्ट पार्ने मन्तव्यहरु राख्नुभयो । त्यसैगरी गोविन्द आङबुङ, चन्द्र आङदेम्बे र स्थानीय बुद्धिजीविहरुले मन्तव्य राख्दै जनगणनामा स्पष्ट भएर सबै पंक्ति लाग्नुपर्ने बताउनुभयो । यी विचारहरु सहित लिम्बु समुदायमा गई प्रष्ट गर्न गराउन साथै बाँकी गाउँस्तरीय प्रशिक्षणहरु चलाउन सम्बन्धित कार्य समिति सकृय रहनुपर्ने अपील गर्नुभयो । उक्त प्रशिक्षण कार्यक्रममा सहभागीहरुबाट आएका विभिन्न प्रश्नहरुको जवाफ एवम् छलफल भई एकापसमा स्पष्ट हुने कार्य सम्पन्न भयो ।