इलाम देउमाईमा संगठन तथा जनगणना प्रशिक्षण सम्पन्न
मिति २०७७ चैत ४ गते । इलाम जिल्ला देउमाई नगरपालिकास्थित नेपाल आदिवासी जनजाति महासंघको सभाहलमा किरात याक्थुङ चुम्लुङको राष्ट्रिय अभियान अनुरुप ‘संगठन तथा जनगणना प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ ।
किरात याक्थुङ चुम्लुङ देउमाई नगरपालिका इलामका अध्यक्ष लालबहादुर आङ्देम्बेको अध्यक्षतामा, सचिव दिनेश तुम्बहाम्फेको संचालनमा, प्रमुख अतिथी डा।कमल तिगेला बिशेष अथिती केन्द्रिय उपाध्यक्ष याम योङ्हाङ, सचिवालय सदस्य गोबिन्द आङ्बुङ, केन्द्रिय सदस्यद्वय बिष्णुमाया तुम्बापो र अभिषेक एक्तेन, लिम्बुवान प्रदेस समिती सदस्य तिर्थ सावदेन, जिल्ला समिती अध्यक्ष गायत्री थेगिम लगायतको उपस्तिथिमा राष्ट्रिय जनगणना २०७८ र सांगठनिक प्रशिक्षण अभियान भब्यताका साथ सम्पन्न भयो । कार्यक्रममा हेमराज लोरिङ्देनले स्वागत गरेका थिए ।
उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक डा तिगेलाले जातरजाती सोधेमा . लिम्बू, मातृभाषा सोधेमा . लिम्बू, पू्र्खाको भाषामा . लिम्बू, दोस्रो भाषा सोधेमा . नजिकको जनजातीको भाषा, धर्म सोधेमा . किरात लेख्न लेखाउनु होला भन्ने अनुरोधका साथ प्रस्तुति गर्नुभयो । कियाचु केन्द्रले आगामी राष्ट्रिय जनगणनाको सन्दर्भमा अपील गरेको तर्क, तथ्यसहितको विचार तथा दृष्टिकोणहरु प्रस्तुत गर्नुभयो । साथै यो प्रशिक्षणमा जनगणनामा सम्बन्धी लिम्बु समाजमा सृजित विभिन्न भ्रमहरुलाई प्रष्ट पार्ने मन्तव्यहरु राख्नुभयो । त्यसैगरी उपाध्यक्ष योङहाङ, सचिवालय सदस्य आङबुङ, केन्द्रीय सदस्यहरु, जिल्ला अध्यक्ष थेगिमसहित स्थानीय बुद्धिजीविहरुले मन्तव्य राख्दै जनगणनामा स्पष्ट भएर सबै पंक्ति लाग्नुपर्ने बताउनुभयो । यी विचारहरु सहित लिम्बु समुदायमा गई प्रष्ट गर्न गराउन साथै बाँकी गाउँस्तरीय प्रशिक्षणहरु चलाउन सम्बन्धित कार्य समिति सकृय रहनुपर्ने अपील गर्नुभयो । उक्त प्रशिक्षण कार्यक्रममा सहभागीहरुबाट आएका विभिन्न प्रश्नहरुको जवाफ एवम् छलफल भई एकापसमा स्पष्ट हुने कार्य सम्पन्न भयो ।