इलाम चुलाचुलीमा संगठन तथा जनगणना प्रशिक्षण सम्पन्न

मिति २०७७ चैत ५ गते । इलाम जिल्ला चुलाचुली नगरपालिका, वडा नं. २ स्थित वडा कार्यालयको सभाहलमा किरात याक्थुङ चुम्लुङको राष्ट्रिय अभियान अनुरुप ‘संगठन तथा जनगणना प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ । किराँत याक्थुङ चुम्लुङ गाउँ शाखा, चुलाचुली इलामले आज एक दिवसीय संगठन सुदृढीकरण तथा राष्ट्रिय जनगणना २०७८ विषयकमाथि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
“मजबुत विश्वसनीय लिम्बू जनसंख्या निर्माणको लागि जनगणनामा सवै सहभागी बनौं” अभियान चुलाचुली २ नम्बर वडा कार्यालयको सभाहलमा आयोजना गरिएको कार्यक्रममा किराँत याक्थुङ चुम्लुङ का केन्द्रिय उपाध्यक्ष डा। कमल तिगेला को प्रमुख आतिथ्यता रहेको थियो । बिशिष्ट अतिथिमा किराँत याक्थुङ चुम्लुङका केन्द्रिय उपाध्यक्ष याम योङहाङ, सचिवालय सदस्य गोबिन्द आङ्बुङ, युवा नेता राजेन्द्र केरुङ र उक्त वडाका वडा अध्यक्ष रण बहादुर लिम्बू लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।
उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक डा तिगेलाले जातरजाती सोधेमा . लिम्बू, मातृभाषा सोधेमा . लिम्बू, पू्र्खाको भाषामा . लिम्बू, दोस्रो भाषा सोधेमा . नजिकको जनजातीको भाषा, धर्म सोधेमा . किरात लेख्न लेखाउनु होला भन्ने अनुरोधका साथ प्रस्तुति गर्नुभयो । कियाचु केन्द्रले आगामी राष्ट्रिय जनगणनाको सन्दर्भमा अपील गरेको तर्क, तथ्यसहितको विचार तथा दृष्टिकोणहरु प्रस्तुत गर्नुभयो । साथै यो प्रशिक्षणमा जनगणनामा सम्बन्धी लिम्बु समाजमा सृजित विभिन्न भ्रमहरुलाई प्रष्ट पार्ने मन्तव्यहरु राख्नुभयो । त्यसैगरी उपाध्यक्ष योङहाङ, सचिवालय सदस्य आङबुङ, केन्द्रीय सदस्यहरु, जिल्ला अध्यक्ष थेगिमसहित स्थानीय बुद्धिजीविहरुले मन्तव्य राख्दै जनगणनामा स्पष्ट भएर सबै पंक्ति लाग्नुपर्ने बताउनुभयो । यी विचारहरु सहित लिम्बु समुदायमा गई प्रष्ट गर्न गराउन साथै बाँकी गाउँस्तरीय प्रशिक्षणहरु चलाउन सम्बन्धित कार्य समिति सकृय रहनुपर्ने अपील गर्नुभयो ।
उक्त प्रशिक्षण कार्यक्रममा सहभागीहरुबाट आएका विभिन्न प्रश्नहरुको जवाफ एवम् छलफल भई एकापसमा स्पष्ट हुने कार्य सम्पन्न भयो । संगिता तुम्बापोले संचालन गरेको कार्यक्रम किराँत याक्थुङ चुम्लुङ केन्द्र र किरात याक्थुङ चुम्लुङ, जिल्ला शाखा इलामलको सहजिकरण रहेको थियो । किराँत याक्थुङ चुम्लुङ गाउँशाखा, चुलाचुली इलामका अध्यक्ष सागर जवेगुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।