2021-05-21

विदा कटौतीको लागि पुनः स्थापना गर्न माग

मिति २०७७ चैत्र ८ गते सार्वजनिक विदा कटौतीको लागि पुनः स्थापना गर्न र नेपाल सरकारको वार्षिक क्यालेन्डर २०७८ मा किरात राष्ट्रिय चाड वर्षमा २ दिन कायम गर्न गराउन मा.गृहमन्त्री राम बहादुर थापा बादललाई किरात समन्वय समितिले ध्यानाकर्षण पत्र बुझाउने कार्य भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको आन्दोलन पश्चात् आदिवासी जनजातिसँग सम्बद्ध राष्ट्रिय चाडहरुलाई राष्ट्रियरुपमा सार्वजनिक बिदा दिइरहेको सन्दर्भमा २०७५ सालदेखि कटौती गरेको छ । राष्ट्रिय चाडमा पनि प्रतिगमन गरेको छ जसको विरुद्ध आन्दोलन भएपनि सरकारले सुनेको छैन ।

प्रतिनिधिमण्डलमा किरात याक्थुङ चुम्लुङको तर्फबाट महासचिव निरन्ती तुम्बापो, किरात राई यायोक्खाको केन्द्रीय अध्यक्ष दिवस राई, सुनुवार सेवा समाजको केन्द्रीय अध्यक्ष रणवीर सुनुवार, किरात याख्खा छुम्माको केन्द्रीय अध्यक्ष लील रोगु लगायतका सम्बन्धित संस्थाका अन्य पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।