2021-05-24

पान्थरको आठौं जिल्ला अधिवेशन सम्पन्न

मिति २०७७ चैत्र १४,१५ र १६ गते किरात याक्थुङ चुम्लुङ पान्थरको आठौं जिल्ला अधिवेशन फेदेन बजारमा केन्द्रिय उपाध्यक्ष याम लिम्बु ज्युको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । उक्त अधिवेशनबाट नव निर्वाचित पान्थर जिल्ला अध्यक्ष महेन्द्र कुमार आङ्देम्बेको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भएको छ । कार्य समितिका अन्य पदाधिकारी तथा सदस्यहरुमा क्रमशः उपाध्यक्ष - शिशिर केरुङ, सचिव - सुबास तुम्बापो, सहसचिव - पदम मेयोङ्बा, कोषाध्यक्ष - सीमा तुम्बापो सदस्यहरु - सन्देश सुब्बा , टिकामाया नेम्बाङ , कमल हाङ्सरुम्बा , जितेन चेम्जोङ , मनकुमार आङ्देम्बे , रोशन लावती , घनेन्द्रकुमार सेर्मा , उपेन्द्र येक्तेन , नरेश काम्बाङ , गजमान नेम्बाङ , गणेश तुम्रोक, इन्दिरा मेयोङ्हाङ , सम्झना योङ्हाङ , निर्मला आङ्थुपो , मोतिहाङ केरुङ , सम्झना थोक्लिहाङ रहेका छन् I

सो अधिवेशनले विधानतः ३ जना राष्ट्रिय चुम्लुङ सदस्यहरुमा नरेन्द्रराज केरुङ, रघुबीर नेम्बाङ, सागर केरुङ समेत निर्वाचित गरेको छ । सोही अवसरमा विधानको व्यवस्था अनुसार जिल्ला चुम्लुङ सदस्यहरुको रुपमा नारायणप्रसाद नेम्बाङ , पुर्ण जबेगु , कुमार यवा मौसम , सुर्यकला कन्दवा , सुस्मिता केरुङ , टिकाध्वज आङ्देम्बे , प्रतिमा आङ्देम्बे मनोनयन सम्पन्न गरेको छ ।

उक्त जिल्ला अधिवेशनको उद्घाटन सत्र र बन्द सत्रको अध्यक्षता तत्कालिन जिल्ला अध्यक्ष नरेन्द्र केरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । उद्घाटन समारोहमा केन्द्रीय सचिव चन्द्र कुमार आङदेम्बे, लिम्बुवान प्रदेश अध्यक्ष प्राध्यापक ध्रुव मेन्याङबो, केन्द्रीय सदस्यहरु, प्रदेश मुख्यसचिव तथा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । बजारमा एक सांस्कृतिक झाँकी रयाली प्रदर्शन गरी शुरुवात गरिएको उक्त ८ औं जिल्ला अधिवेशनमा प्रतिनिधि तथा पर्यवेक्षकहरुको उत्साहजनक तथा अधिक संख्यामा उपस्थिति रहेको थियो । उद्घाटन समारोहमा विभिन्न विधामा पुरस्कारहरु वितरण, सम्मान कार्यक्रम तथा साँस्कृतिक कार्यक्रमहरु प्रस्तुति भएको थियो । बन्द सत्रमा जिल्ला समितिको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा समसामयिक प्रस्तावहरु पारित गरेको थियो ।

कियाचु पान्थरको ८अ‍ौं जिल्ला अधिवेशनमा निर्वाचन प्रकृयामा संयोजकको भूमिकामा केन्द्रीय सचिव चन्द्र कुमार आङदेम्बेको सकृय भूमिका रहेको थियो । बन्द सत्रबाट सहमतिको आधारमा नेतृत्व चयनको लागि थप २ दिन लागेको थियो । उक्त गृहकार्यमा तुम्म्याहाङ् भूमिकामा रहनेहरू सुजन सेलिङ, बुद्दराज लिम्बु, राजेन्द्र जबेगु, लक्ष्मण लावति लगायतको महत्वपूर्ण योगदान रहयो ।