2021-05-24

ललितपुरमा केन्द्र आत्मनिर्भर अक्षयकोष संकलन

मिति २०७७ चैत्र १६ गते I कियाचु केन्द्र आत्मनिर्भर अक्षयकोष संकलन अभियान अन्तर्गत चैत्र १६ गतेका दिन किरात याक्थुङ चुम्लुङ राष्ट्रिय चुम्लुङ सदस्य मकरध्वोज वनेमको जिम्मेवारी संयोजनमा संकलन गरिएको रकम जम्मा रु १४,४७,२४५ (चौध लाख सरचालिस हजार दुई सय पैतालिस) ललितपुर चुम्लुङ हिममा एक औपचारिक समारोह आयोजना गरी केन्द्रीय कार्यालयलाई हस्तान्तरण गरिएको छ । उक्त रकम संकलन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै संकलन संयोजन राष्ट्रिय चुम्लुङ सदस्य मकरध्वज वनेम लिम्बुले कियाचुको गतिविधिहरु प्रभावकारी ढंगले संचालन गर्न महत्वपुर्ण योगदान पुग्ने बताउनुभयो । वहाँ ललितपुर जिल्ला कार्य समितिको निवर्तमान अध्यक्ष हुनुहुन्छ र गत वर्ष वहाँलाई केन्द्रीय कार्यालयले राष्ट्रिय चुम्लुङ सदस्यमा मनोनयन गरेको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता गर्नुभएका केन्द्रीय अध्यक्षले किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालयले प्रमुखतः नेतृत्व, शीप, दक्षता विकासलाई समयानुकूल प्रबद्र्धन गर्दै आर्थिक, सामाजिक तथा साँस्कृतिक अभियानहरु, हक अधिकार सम्बन्धी जनचेतनामुलक अभियानहरु, राजनैतिक जागरण अभियानहरु निरन्तररुपमा संचालन गर्ने व्यवस्थाको लागि १ करोड रुपीयाँको अक्षय कोष निर्माण गर्ने लक्ष्य राखी कियाचु केन्द्र आत्मनिर्भर अक्षय कोष संकलन अभियान २०७५ सालदेखि शुरुवात गरिरहेको छ । त्यसैगरी मानव संसाधन विकास र परिचालन गर्दै राज्यका नीतिहरुमा प्रभाव पार्ने नीतिगत प्रशिक्षण, अधिकारमुखी प्रशिक्षण, जनपैरवी, लबीङको लागि । साथै समसामयिक सवालहरुमा बृहत बहसका साथै परामर्श बैठकहरु, मुद्दाहरुको अध्ययन र अनुसन्धान लगायत दस्तावेजिकरण गर्ने लगायतका विविध रचनात्मक गतिविधिहरु नियमितरुपमा गरिरहनका लागि । संस्थामा आबद्ध सदस्यहरु, अभियन्ता, विज्ञ, शुभचिन्तक, महिला, युवा र विद्यार्थीहरुलाई परिचालन गरी वर्तमान नेपालको नयाँ राज्य संरचना अनुरुप प्रदेश हुदै नगरपालिका र गाउँपालिका तहसम्मै पुग्ने पुरयाउनको लागि एक आफनै, प्रमुख र नियमित कोष आवश्यक परेकोले यो अभियान चालेको कुरा बताउनुभयो । यस अभियानको सन्दर्भमा यो नै अहिलेसम्मको ठूलो आर्थिक संकलन कार्य हो । यसरी निष्ठापुर्वक संकलन अभियानको संयोजन र समन्वय गर्नुहुने मकरध्वज वनेम प्रति विशेष लुङमेन्दीङ धन्यवाद दिनुभयो र सहयोग पुरयाउनुहुने महानुभावहरुलाई मुरीमुरी धन्यवाद दिनुभयो । कियाचु केन्द्र आत्मनिर्भर अक्षय कोष अभियानको अवधारणा बमोजिम एक लाख रुपीयाँ भन्दा माथि रकम प्रदान गर्नुहुने महानुभावहरुलाई चुम्लुङ उत्कृष्ठ सहयोग दाताको रुपमा सम्मान गर्ने योजना छ ।

मनकारी सहयोगदाताहरु विवरण: १) ई. शुभराज थाम्सुहाङ ललितपुर रु १०५,०००/-(एक लाख पाँच हजार) चुम्लुङ उत्कृष्ठ सहयोग दाता २) दिल्ली हुक्पा चोङ्बाङ ललितपुर रु १०,०००/- (दस हजार) ३) तेजेन्द्र कुरुम्बाङ ललितपुर रु १,०००००/- (एक लाख) चुम्लुङ उत्कृष्ठ सहयोग दाता ४) किस्न राज फोम्बो ललितपुर रु २५,१०६/- (पचिस हजार एक सय छ) ५) लैन ब चेम्जोङ ललितपुर रु २५,०००/- (पचिस हजार) ६) मोति लिबाङ ललितपुर रु २५,०००/- ( पचिस हजार) ७) मनुकला थक्लुङ ललितपुर रु २५,०००/- ( पचिस हजार) ८) डम्बर लिबाङ ललितपुर रु १०५,०००/- (एक लाख पाच हजार) चुम्लुङ उत्कृष्ठ सहयोग दाता ९) सिआई. नरेन्द्र मेयाङ्बो ललितपुर रु. १,०१,०००/- (एक लाख एक हजार) चुम्लुङ उत्कृष्ठ सहयोग दाता १०) ई. गोबिन्द कन्दङ्वा रु १,०००००/- (एक लाख) चुम्लुङ उत्कृष्ठ सहयोग दाता ११) एस एस आई चन्द्र कुमार लिम्बू ललितपुर रु २५,०४७/- ( पचिस हजार सर्चालिस) १२) दिल ब राना ललितपुर रु २५,०००/- ( पचिस हजार) १३) रणदिप मुदेन्छङ रु २५,०२५/- ( पचिस हजार) १४) भिम तावा ललितपुर रु ५०,०००/- ( पचास हजार) १५) केदार पराजुली ललितपुर रु १,०००००/- ( एक लाख) चुम्लुङ उत्कृष्ठ सहयोग दाता १६) भुपेन्द्र नेम्बाङ ललितपुर रु ५०००/- ( पाच हजार ) १७) मकरध्वोज वनेम ललितपुर रु १,००५०५/- ( एक लाख पाच सय पाच) चुम्लुङ उत्कृष्ठ सहयोग दाता १८) अगेन्द्र वनेम ललितपुर रु. ४०,०००/- ( चालीस हजार) १९) बिष्णु यक्सो ललितपुर रु.३०,०००/- ( तीस हजार) २०) क्या. जगनध्वज वनेम रु ५०,०००/- ( पचास हजार) २१) क. असिम थेबे ललितपुर रु. २५,५५५/- ( पचिस हजार पाच सय पच्पन्न) २२) क्या. शिव कुमार पाङ्गेनहाङ ललितपुर रु.१००,००५/- ( एक लाख पाच ) चुम्लुङ उत्कृष्ठ सहयोग दाता २३) क्या. ट्ङ्क बहादुर जबेगु ललितपुर रु १००,०००/-( एक लाख) चुम्लुङ उत्कृष्ठ सहयोग दाता २४) मे. चन्द्रप्रसाद फेयङ साम्वा रु १०००००/- ( एक लाख) चुम्लुङ उत्कृष्ठ सहयोग दाता २५) अगमसिङ यक्पाङ्देन रु ५०,०००/- ( पचास हजार) ।