2021-05-24

संखुवासभा सभापोखरीमा संगठन तथा जनगणना प्रशिक्षण सम्पन्न

मिति २०७७ चैत २३ गते । संखुवासभा जिल्ला सभापोखरी गाउँपालिक बाह्रबिसेबजारमा किरात याक्थुङ चुम्लुङको राष्ट्रिय अभियान अनुरुप ‘संगठन तथा जनगणना प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ सभापोखरी समितिको सहआयोजना र संखुवासभा जिल्ला कार्य समितिद्वारा आयोजित कार्यक्रमको अध्यक्षता अनिल लिम्बु, प्रमुख प्रशिक्षण मन्तव्य प्रस्तुति महासचिव निरन्ती तुम्बापो सहित केन्द्रीय सदस्य उत्तम लिङथेपले गर्नुभएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक महासचिव तुम्बापोले मन्तव्य राख्ने क्रममा कियाचु केन्द्रले आगामी राष्ट्रिय जनगणनाको सन्दर्भमा अपील गरेको विचार तथा दृष्टिकोणहरु प्रस्तुत गर्नुभयो । जातजातिमा लिम्बु, भाषामा लिम्बु र धर्ममा किरात लेख्नुपर्ने तर्क, तथ्य र कियाचु नेपालको दृष्टिकोणहरुको बारेमा प्रस्तुति गर्नभई विभिन्न भ्रमहरुलाई प्रष्ट पार्ने मन्तव्यहरु राख्नुभयो । धर्मको प्रचारमा मात्र हिड्यो भन्ने भ्रम नहोस् । लिम्बू समुदायको आर्थिक सामाजिक राजनीतिक सँगै संगठन नितिगत काम कर्तव्य भाषिक काम सँगै धेरै विषयमा कार्यक्रमहरु रहेको जानकारी राख्नुभयो । त्यसैगरी अर्का प्रशिक्षक केन्द्रीय सदस्य लिङथेपले जनगणनाको महत्व, किरात हुनु र लेख्नुको ऐतिहासिक तथ्य तर्कहरु प्रस्तुत गर्दै सहभागीहरुलाई प्रष्ट गर्नुभयो ।

उक्त प्रशिक्षण कार्यक्रममा सहभागीहरुबाट विभिन्न सुझाव तथा जिज्ञासाहरु आएका थिए । कार्यक्रममा केन्द्रीय सदस्य शान्ता फागो पूर्व अध्यक्ष मानबहादुर थक्लुङ, गाउँपालिका अध्यक्ष रत्न सुब्बा, वडा ५ वडा अध्यक्ष याम लिम्बु, नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति दिपक थक्लुङ, लिम्बु, समाजका अगुवाहरु संखुवासभा जिल्ला, नगर तहका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । लिम्बुवान प्रदेश समितिको समन्वय समेत रहेको थियो । उक्त कार्यक्रमको अन्तमा जिल्ला अध्यक्ष अनील लिम्बुले मन्तव्य राख्दै सबैलाई जनगणनामा स्पष्ट भएर लाग्नुपर्ने अपील गर्नुभयो र सबैलाई धन्यवादसहित कार्यक्रम समापन गर्नुभयो ।

उक्त अवसरमा ूकिरात याक्थुङ चुम्लुङ, सभापोखरी गाउँपालिका कार्य समितिू समेत गठन गरियो । यस सभापोखरी गापामा कियाचुको प्रथम पटक गाउँपालिका कार्य समिति बनेको हो । यससंगै संखुवासभाका मादी, चैनपुर, पाँचखपन र खाँदबारी नगरपालिका सहित सभापोखरी गापामा समेत कियाचुको संगठन विस्तार भएको छ ।