2021-05-25

ताप्लेजुङ मैवाखोलामा संगठन तथा जनगणना प्रशिक्षण सम्पन्न

मिति २०७८ बैशाख ४ गते । ताप्लेजुङ जिल्ला मैवाखोला गाउँपालिका, साँघुबजारमा किरात याक्थुङ चुम्लुङको राष्ट्रिय अभियान अनुरुप ‘संगठन तथा जनगणना प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ मैवाखोला समितिद्वारा आयोजित कार्यक्रमको अध्यक्षता भानु वनेम, प्रमुख प्रशिक्षण मन्तव्य प्रस्तुति महासचिव निरन्ती तुम्बापोले गर्नुभएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक महासचिव तुम्बापोले मन्तव्य राख्ने क्रममा कियाचु केन्द्रले आगामी राष्ट्रिय जनगणनाको सन्दर्भमा अपील गरेको विचार तथा दृष्टिकोणहरु प्रस्तुत गर्नुभयो । जातजातिमा लिम्बु, भाषामा लिम्बु र धर्ममा किरात लेख्नुपर्ने तर्क, तथ्य र कियाचु नेपालको दृष्टिकोणहरुको बारेमा प्रस्तुति गर्नभई विभिन्न भ्रमहरुलाई प्रष्ट पार्ने मन्तव्यहरु राख्नुभयो । लिम्बू समुदायको आर्थिक सामाजिक राजनीतिक सँगै संगठन नितिगत काम कर्तव्य भाषिक काम सँगै धेरै विषयमा कार्यक्रमहरु रहेको जानकारी राख्नुभयो । लिम्बु समुदायको समग्र विकास कार्यको लागि सधैं उर्जाशिलका साथ लाग्न अनुरोध गर्नुभयो ।

उक्त प्रशिक्षण कार्यक्रममा सहभागीहरुबाट विभिन्न सुझाव तथा जिज्ञासाहरु आएका थिए । कार्यक्रममा गाउँ समितिका पदाधिकारी तथा सदस्यहरु, समाजका अगुवाहरु, महिला, युवाहरुको उपस्थिति रहेको थियो । लिम्बुवान प्रदेश समितिको समन्वय समेत रहेको थियो । उक्त कार्यक्रमको अन्तमा अध्यक्ष वनेमले सबैलाई जनगणनामा स्पष्ट भएर लाग्नुपर्ने अपील गर्दै सबैलाई धन्यवादसहित कार्यक्रम समापन गर्नुभयो ।