2021-06-08

मिति २०७८ जेठ १२ गते यक्वा तङनाम शुभकामना

मिति २०७८ जेठ १२ गते

लुङमेन्दीङ शुभकामना सदाका

वर्षहरुमा झै हामी आदिवासी लिम्बूहरुले मनाउँदै आइरहेको, यस वर्ष आज मिति २०७८ साल जेठ १२ गते पर्ने “यक्वा तङनाम २०७८”को शुभअवसरमा देशविदेशमा रहनुभएका लिम्बु लगायत सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा लुङमेन्दीङ शुभकामना व्यक्त गर्दछौं ।

कोरोना विश्वमहामारी (कोभिड १९)को दोश्रोरुपबाट यो समय हामी फेरि आक्रान्तछौं । यसबाट बच्न हाम्रा दैनिकीहरु अझ पनि बन्दाबन्दीको रुपमा गुज्रिरहेको अवस्था छ । रोग संक्रमणबाट जोगिनको लागि अपनाएको यो बन्दाबन्दीको अवस्थाले हामीलाई सामाजिक सांस्कृतिक गतिविधिहरु सहजढंगले गर्न गराउन नदिएको परिस्थिति सबैलाई सर्वविदितै छ । स्वास्थ्य मापदण्डहरु अपनाऔं, सुरक्षित रहौं, आफु बाचौं र अरुलाई पनि बचाऔं । आआफनो टोल, समुदायस्तरमा रहेका स्वास्थ्य संस्था एवम् सेवाहरु साथै संगठीत प्रयासहरुको सम्पर्क, समन्वयमा रहौं र सहयोग गरौं । हाम्रो सामु खुशी, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना बोकेर आएको यो यक्वा तङनामलाई घरघरमा, स्थानीय परिस्थिति एवम् अनुकुलता अनुसार मान्न मनाउन हुन सबै दिदीबहिनी तथा दाजुभाइहरुमा अपील गर्दै पुनः लुङमेन्दीङ शुभकामना व्यक्त गर्दछौं । योगराज लिम्बू वनेम अध्यक्ष, केन्द्रीय कार्य समिति