2022-06-05

किरात याक्थुङ चुम्लुङको ११ औं राष्ट्रिय महाधिवेशन सम्पन्न

किरात याक्थुङ चुम्लुङको ११ औं राष्ट्रिय महाधिवेशन वि.सं. २०७८ फागुन २८, २९, ३० र चैत्र १ गते फेदेन, पान्थर लिम्बुवानमा सम्पन्न भएको छ । उद्घाटन शत्रको प्रमुख आतिथ्य प्रदेश नं. १ का अर्थ तथा योजना मन्त्री माननीय इन्द्र बहादुर आङबो लिम्बूले गर्नु भएको थियो । महाधिवेशनमा ताप्लेजोङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, चितवन, ललितपुर, काठमाण्डौं, भक्तपुर जिल्ला समितिहरु र लिम्बुवान प्रदेश समिति, नेवा–ताम्सालिङ प्रदेश समिति, विषयगत संगठनहरु, विदेश स्थित किरात याक्थुङ चुम्लुङहरुका प्रतिनिधिहरु सहभागि थिए । महाधिवेशनमा प्रस्तुत ६ वटा छलफल पत्रहरु १) किरात याक्थुङ चुम्लुङ : किरात र लिम्बु÷याक्थुङ २) किरात सिरिजंगा लिपीको प्रतिवेदन र लिम्बू भाषा सरकारी कामकाजको प्रयोग ३) लिम्बूहरुको भूमि अधिकार, कार्यान्वयन पक्ष र चुनौतीहरु ४) लिम्बू कला र संस्कृति सम्बन्धी ५) लिम्बुवान र प्रदेश नं. १ को नामाङ्करण ६) लिम्बू भाषा, साहित्य र पठनपाठनमा वर्तमान अवस्था विषयक छलफलपत्रहरु प्रस्तुत भई तपसिल बमोेजिमको निर्णय तथा समसामयिक प्रस्तावहरु सर्वसम्मत पारित भएका छन :

पारित प्रस्तावहरू
१. ऐतिहासिक पृष्ठभूमिको आधारमा अरूण कोशीपूर्व मेचीसम्मको भूभाग लिम्बुवान नामाङ्कन हुनुपर्ने पूर्व अडान तथा निर्णय कायम राख्दै वर्तमान प्रदेश नं. १ को वस्तुस्थिति अनुसार तत्काल पहिचान जनित नाम लिम्बुवान किरात राख्नका लागि यो महाधिवेशन माग गर्दछ ।
२. लिम्बु एवम् याक्थुङ नामलाई समानार्थी शब्दको रूपमा प्रयोग गर्दै जाने यो महाधिवेशन प्रतिबद्धता व्यक्त गर्दछ । साथै लिम्बु÷याक्थुङलाई राज्यका सम्बन्धित निकायमा सूचिकरण गर्न पहल गर्ने निर्णय गर्दछ ।
३. मातृभाषा शिक्षाको प्रावधान भए पनि हालसम्म सरकारले शिक्षक दरबन्दी व्यवस्था नगरेकाले नेपाल सरकारलाई मातृभाषामा अध्ययन अध्यापन गर्न नेपाली भाषा सोसरह समान व्यवस्था मिलाउन, शिक्षक, पाठ्यपुस्तक, पाठ्यसामग्री आदिको स्रोत साधन व्यवस्था गर्न, शिक्षा नियमावली परिमार्जन गरी लिम्बु आदिवासीका लागि पाठ्यक्रम पाठ्यपुस्तकमा एकरूपता ल्याउन प्रदेश तथा संघीय सरकारसँग यो महाधिवेशन जोडदार माग गर्दछ ।
४. भाषा आयोगले सरकारी कामकाजको भाषाका आधारहरूको निर्धारण तथा भाषासम्बन्धी सिफारिसहरू, २०७८ नेपाल सरकारलाई बुझाइ सकेको र प्रदेशगत सरकारी कामकाजको भाषा निर्धारणका आधारहरू पूरा गरेका लिम्बु र मैथिली भाषा सरकारी कामकाजको भाषाका रूपमा सिफारिस भएकाले प्रदेश नं. १ को सरकारले संविधानको धारा ७ को उपधारा (२) बमोजिम कानुन निर्माण गरी अविलम्ब सरकारी कामकाजको भाषाको रूपमा लिम्बु भाषालाई कार्यान्वयन गराउन पहल गर्ने यो महाधिवेशन जोडदार माग गर्दछ ।
५. औपनिवेसीकरण, संस्कृतकरण र नेपालीकरण गरिएका लिम्बुवानका स्थानीय नामहरू याक्थुङ भाषामा अविलम्ब सच्याउन यो महाधिवेशन जोडदार माग गर्दछ ।
६. लिम्बु महिलाहरूको नेतृत्व विकास र समानुपातिक सहभागितालाई राज्यको सबै निकायमा प्रभावकारी सहभागिता सुनिश्चितताका लागि महिला सशक्तिकरणको कार्यक्रम सञ्चालन गर्न यो महाधिवेशन प्रतिवद्धता व्यक्त गर्दछ ।
७. याक्थुङ पाःन्मा सञ्चालनरत उच्च शिक्षा (कक्षा ११, १२) अभियानप्रति यो महाधिवेशन एक्यबद्धता जाहेर गर्दै यसलाई थप सशक्त बनाउन र औपचारिकता प्रदान गर्न पहलकदमी लिने प्रतिवद्धता जाहेर गर्दछ ।
८. लिम्बु समुदायका युवाहरूको क्षमता अभिवृद्धि गर्दै राज्यको स्थायी प्रशासनिक संयन्त्र सेना, प्रहरी, न्याय, प्रशासन, प्राविधिक क्षेत्रमा अगाडि बढ्न बढाउन प्रोत्साहित गर्ने गराउने साथै समुदायका युवा युवतीलाई उद्योग, व्यापार, कलकारखाना र उत्पादनको क्षेत्रमा प्रोत्साहित गर्ने र मानव संसाधनको विकासमा यो महाधिवेशन प्रतिबद्धता जाहेर गर्दछ ।
९. किरात सिरिजङ्गा लिपि सम्बन्धी पूर्व निर्णयहरू पुनस्र्मरण गर्दै, लिपिको मौलिकतालाई कायम राखी लिपि विकासको यथार्थता समेतलाई ध्यानमा राख्दै लिपि लेखन तथा प्रयोगको अभियानहरू मनन गर्दै अन्य विभिन्न भाषाहरूमा यस लिपिको प्रयोगका लागि प्रस्तुत किरात सिरिजङ्गा लिपि समायोजन सम्बन्धी विज्ञ कार्यदलको प्रतिवेदन महाधिवेशनमा प्रस्तुत तथा छलफल भयो । साथै याक्थुङ आलेखनमा किरात सिरिजङ्गा लिपि लेखनको प्रचनलाई कामय राख्दै अरू भाषाहरूमा यसको प्रयोगलाई सहजीकरण गर्ने साथै याक्थुङ लेखन मानकीकरणलाई निरन्तरता दिने, भाषा लिपि विज्ञ, लेखकहरूको बीचमा छलफल गर्दै जाने यो महाधिवेशन प्रतिबद्धता व्यक्त गर्दछ ।
१०. अमूर्त साँस्कृतिक सम्पदा मुन्धुमको अभिलेखीकरण गर्ने साथै मुन्धुमका स्रोत फेÞदाङ्मा, साम्बा, येÞबा÷येÞमाहरूको अभिलेखीकरण तथा प्रोत्साहन गर्न यो महाधिवेशन प्रतिबद्धता व्यक्त गर्दछ ।
११. आदिवासी लिम्बूको लोक नाटक प्रवद्र्धनार्थ सबै पालिकाहरूमा नाट्यघर निर्माण गर्न यो महाधिवेशन माग गर्दछ ।
१२. किरात याक्थुङ चुम्लुङले भूमि अधिकारका लागि “लिम्बू थरगत (याक्थुङ सयङ) सहजिरण समूह” मा सहभागी भई कार्य गरेकोमा यो महाधिवेशन सो कार्यको अनुमोदन गर्दै आगामी दिनमा समेत उक्त समूहमा रही सहजिकरणको भूमिका निर्वाह गर्ने प्रतिवद्धता यो महाधिवेशन जाहेर गर्दछ ।
१३. प्रदेश १ मा स्थानीय तहदेखि प्रदेश सरकारी कार्यालयहरूका साइनबोर्डहरू किरात सिरिजङ्गा लिपि र लिम्बु भाषामा लेख्न लेखाउन यो महाधिवेशन जोडदार माग गर्दछ ।
१४. धर्म सम्बन्धमा किरात याक्थुङ चुम्लुङको पूर्व निर्णयलाई निरन्तरता दिँदै समुदायमा थप छलफल गर्दै जाने विषयमा यो महाधिवेशन प्रतिबद्धता व्यक्त गर्दछ ।
१५. याक्थुङ पाःन (भाषा) का विद्यार्थी एवम् शिक्षकहरूलाई आगमी दिनमा पुरस्कृत र प्रशंसा गर्दै लैजाने यस महाधिवेशन प्रतिवद्धता जाहेर गर्दछ ।
१६. याक्थुङ आदिवासीहरूको प्रथा, परम्परा, मुन्धुम, प्रथाजनित संस्था, कानुन आदिलाई संरक्षण संबद्र्धन र प्रवद्र्धन गर्न यो महाधिवेशन प्रतिवद्धता जाहेर गर्दछ ।
१७. अन्तर्राष्ट्रिय कानुन, गोर्खा÷कान्तिपुर र लिम्बुवान बीच भएको सवंत् १८३१ को सन्धि अनुसार लिम्बुहरूको परम्परागत प्रथाजनित भूमिलाई सम्मान गर्न राज्यलाई यो महाधिवेशन जोडदार माग गर्दछ ।
१८. वर्तमान अवस्थामा याक्थुङहरूको ऐतिहासिक, सांस्कृतिक, आध्यात्मिक स्थलका रूपमा रहेका समाधिस्थल, माङ्गेÞन्ना यक, माङ्युक्ना, ऐतिहासिक स्थल, पवित्र स्थलहरूमाथि राज्य र गैह्रराज्यबाट भइरहेका अतिक्रमणलाई तुरुन्त रोक्न र संरक्षण गर्न यो महाधिवेशन जोडदार माग गर्दछ ।
१९. आइएलओ १६९ र युएनड्रिपसँग बाझिएका कानुनहरू संशोधन गरी राष्ट्रिय मानव अधिकार आयोगले दिएको निर्देशन अविलम्ब कार्यान्वयन गर्न यो महाधिवेशन जोडदार माग गर्दछ ।
२०. संविधानको धारा ५६ को ५ मा भएको व्यवस्थालाई कार्यान्वयन गर्न ऐन तुरुन्त बनाउन नेपाल सरकारसँग यो महाधिवेशन जोडदार माग गर्दछ । विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सन्दर्भमा सर्वोच्च अदालतले नेपाल सरकारलाई दिएको निर्देशनात्मक फैसलालाई कार्यान्वयन गर्न नेपाल सरकारसँग यो महाधिवेशन जोडदार माग गर्दछ. ।
२१. किरात याक्थुङ चुम्लुङको एघारौँ राष्ट्रिय महाधिवेशन सफल पार्न व्यवस्थापक जिल्ला कार्य समिति पान्थर, कियाचु लिम्बुवान प्रदेश समिति, कियाचु फेÞदेÞन नगर समिति, कियाचु फालेलुङ गाउँकार्य समिति, कियाचु फेÞदेÞन नगर वडा नं. ५ वडा समिति, लिम्बु विद्यार्थी मञ्च जिल्ला शाखा पान्थर, तुम्बापो सेवा समाज नेपाल, किरात धर्म तथा साहित्य उत्थान सङ्घ पान्थर, मेयोहाङ थेÞगिम उत्थान सङ्घ पान्थर, याक्थुङ लेखक सङ्घ पान्थर, सिङगापुर होटल, एनएमवि बैंक शाखा फेÞदेÞन, फरवार्ड माइक्रो फाइनान्स पान्थर, याक्थुङ साम्नि यम्बुगेÞन् पान्थर, सानिमा लाइफ इन्सुरेन्स पान्थर, राष्ट्रिय वाणिज्य बैंक पान्थर, याक्थुङ युवा मञ्च पान्थर, पान्थर एफएम पान्थर, नेपाल मगर संघ, बरदान संगितालय पान्थर, मितेरी एफएम पान्थर तथा माङसेबुङ स्टार अनलाइन टिभि, अहोरात्र खट्ने स्वयम् सेवक, होटल व्यवशायी, संचारकर्मी लगायत सवैलाई यो महाधिवेशन हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
२२. एघारौं महाधिवेशनबाट नव निर्वाचित संघीय कार्य समिति तपसिल बमोजिम रहेको जानकारी गराउँदछौं ।

१. अध्यक्ष : प्रेम येक्तेन
२. उपाध्यक्ष : गोविन्द आङबुङ
३. उपाध्यक्ष : डा. कमल तिगेला
४. उपाध्यक्ष : कमला फोम्बो
५. उपाध्यक्ष : चन्द्र कुमार आङ्देम्बे
६. महासचिव : निरन्ती तुम्बापो
७. उप महासचिव : डा. योगेन्द्र पालुङ्वा
८. सचिव : यासेली योङहाङ 
९. सचिव : दिल कुमारी लिम्बू
१०. सचिव : चक्र येक्तेन (अभिषेक)
११. सचिव : भवानी बिक्रम सङबाङफे
१२. कोषाध्यक्ष : अमर तुम्याहाङ
सदस्यहरु
१३. लक्ष्मण लाओती (पान्थर)
१४. कमिता तुम्वापो (पान्थर)
१५. सन्तोष सेरेङ (मोरङ)
१६. बिमला पालुङवा (मोरङ)
१७. सीता हुक्पा चोङबाङ (भक्तपुर)
१८. दिपा लक्सम (काठमाडौं)
१९. आइन्द्र कुमार आङ्बो (काठमाडौं)
२०. कर्ण विक्रम लिम्बू (सुनसरी)
२१. अमृत योङ्हाङ (झापा)
२२. चन्द्र कला सुब्बा (झापा)
२३. उतम कुमार लिङ्थेप (संखुवासभा)
२४. चन्द्र सिं नेम्बाङ (धनकुटा)
२५. विष्णु कुमारी तुम्बापो (इलाम)
२६. राज्य प्र. लुम्फुङ्वा (तेह्रथुम)
२७. ठाकुर सिं लिम्बू (ताप्लेजुङ)
२८. मनोहर लिम्बू (लिम्बुवान प्रदेश)
२९. जीवन प्रकाश सेर्मा (लिम्बुवान प्रदेश)
३०. विवेक योेङहाङ (लिम्बुवान प्रदेश)
३१. डा.भीम सुब्बा (लिम्बुवान प्रदेश)
३२. इक्सा सङबाङ्फे नाल्बो (लिम्बुवान प्रदेश)
३३. रेश्मा खेवाङ (नेवा ताम्सालिङ प्रदेश)
३४. कविराज आङदेम्बे (नेवा ताम्सालिङ प्रदेश)
मनोनय गरिने एवम् केही जिल्ला र प्रदेश कार्य समितीहरुबाट सिफारिस भई आउने सदस्यहरु गरी ५३ सदस्यीय संघीय कार्य समिति हुनेछ । बाँकि संघीय समितिले ८ जना र सम्बन्धीत समितिहरुले निर्वाचित गरी पठाए बमोजिम पूर्ती हुनेछ ।