वि.सं. २०७९ असार १३ । रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार प्रतिश्पर्धात्मक सहभागिताको आव्हान
सूचना सूचना सूचना
किरात याक्थुङ चुम्लुङ -कियाचु) को पूर्वअध्यक्ष मञ्जुल याक्थुम्बाद्वारा स्थापित हरेक २÷२ वर्षमा कियाचुबाट वितरित रु. १,००,०००।— धनराशी भएको रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार मौलिक मुन्धुमको क्षेत्रमा खोज अनुसन्धान गरी महत्पूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति, समूह तथा संस्थाहरुको भूमिकालाई उच्च मुल्यांकन गर्दै सम्मान स्वरुप प्रदान गरिन्छ । यस वर्ष किरात याक्थुङ चुम्लुङको ३४ औं स्थापना दिवसको अवसरमा आगामी २०७९ भाद्र १७ गते वितरण गरिने भएकाले यहि मिति २०७९ असार २७ गते सोमबार अपरान्ह ५ बजे भित्र आइपुग्ने गरी प्रतिश्पर्धात्मक सहभागिताको लागि निम्न योग्यता पुगेका कृतिहरुको आव्हान गर्दछौं ।
नोट M
१) कृतिहरु मौलिक मुन्धुममा आधारित खोजमूलक, अनुसन्धानात्मक र सान्दर्भिक प्रमाणयुक्त हुनुपर्नेछ ।
२) कृतिहरु देवानागारिक वा किरात सिरिजङ्गा लिपिमा लेखिए तापनि नेपाली वा अंग्रेजीमा उल्था गरिएको हुनु पर्नेछ ।
––––––––––––––––––
किरात याक्थुङ चुम्लुङ
संघीय कार्यालय, शोभाहिटी, ललितपुर
फोन नं= M ०१–५१७१०४९
वेव साइट : https://www.chumlung.org.np/
सम्पर्क व्यक्ति M डा= कमल तिगेला खेवाहाङ
सदस्य सचिव, रत्नशोभा–शुभलक्ष्मी पुरस्कार संचालक समिती
सम्पर्क नं M ९८४२१७२२८८