प्रदेश नं. १ लाई लिम्बुवान, किरात नामाङकरण गराउन दबाब प्रारम्भ
लिम्बुवान, किरात संयुक्त संघर्ष समिति
प्रेस विज्ञप्ति
आदरणीय पत्रकार मित्रहरु,
जनादेश अनुरुप पहिचानमा आधारित पछिल्लो “मधेश प्रदेशˮ नामाङ्कन भएसंगै बाँकी रहेको प्रदेश नं १ को नामांकरण गर्न प्रदेश नं. १ को सरकारले एक समन्वय समिति गठन गरेको, नेकपा एमालेले समिति बनाई बहस पैरवी गरिरहेको र नेपाली कांग्रेस समेत नामाङ्कनका लागि तम्तयार रहेको सन्दर्भमा हामी तपसिलका राजनैतिक तथा सामाजिक सांस्कृतिक संघसंस्थाहरुको प्रदेश नं. १ को नामांकन सम्बन्धी ध्यानाकर्षण भएको जानकारी गराउन चाहान्छौं ।
विगतमा संविधानसभाको विषयत समिति र राज्यपुर्नसंरचना उच्चस्तरीय आयोगबाट सिफारिस भए बमोजिमका पहिचानमा आधारित प्रदेश नामहरुको सुनिश्चित हुनुपर्ने थियो तर सोको मर्मविपरित ७ प्रदेशको घोषणा भएको सर्वविदित नै छ । प्रदेशहरुको नामाङ्करण गर्ने सन्दर्भमा उप्पीडनकारी औपनिवेशिक एवम् सामन्ती केन्द्रिकृत एकात्मकवादी चिन्तनका धङधङीहरु झल्कने गरी पञ्चायती शैलीमा जवरजस्ती ढंगले गण्डकी, बागमती लगायत नामहरु राखिएको छ र प्रदेश नं १ मा शासक जातीय पहिचानमा आधारित कौशिकी ऋषीमुनीको नामबाट बनेको कोसी नदीबाट “कोसी प्रदेस” वा चन्जङलुङ्मा÷चोमोलुङमा हिमाललाई बाबुराम आचार्यले राखेको सगरमाथाबाट “सगरमाथा प्रदेश” नेपाली जनताको साझा नामको हवला दिदैं शासक जातीय साम्प्रदायिक प्रदेश नाम राख्ने षयन्त्र भइरहको आभास भएकोले त्यस प्रति हामी खेद व्यक्त गर्दछौं र असहमती जाहेर गर्दछौं ।
यसको अलवा ऐतिहासिक लिम्बुवान, किरात आन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलनको २००७ सालको क्रान्ति, निरंकुश पंचायत विरुद्ध आन्दोलन, १० वर्षे जनयुद्ध, २०६२÷६३ को जनआन्दोलनको जनादेश अनुसार ऐतिहासिक पृष्ठभूमिको आधारमा पल्लो किरात लिम्बुवान र माझ किरातको रैथाने आदिवासीले ढालफाड गरेर निर्माण गरेको भूगोल १४ जिल्लाको प्रदेश नं १ लाई प्रदेश सभाबाट साझा संयुक्त पहिचानको आधारमा “लिम्बुवान, किरात प्रदेशˮ नामाङ्कनका लागि हाम्रो आन्दोलन जारी रहेकोकुरा यसै विज्ञप्ति मार्फत अवगत गराउँदछौं ।
विश्वभरिका आदिवासीहरु आज आफ्नो पुर्खाउली भूमी र त्यसको नामांकनका लागि लडिरहेको सन्दर्भमा विगत लामो समयदेखि हाम्रो पुर्खाउली भूमि लिम्बुवानका लागि हामी पनि लडिरहेका थियौ र छौं । तर वर्तमान १४ जिल्ला भएको प्रदेश नं. १ को भौगोलिक अवस्था, सामाजिक, सांस्कृतिक, ऐतिहासिक पृष्ठभूमि एवम् पहिचानको आधारमा “लिम्बुवान, किरात प्रदेशˮ हाललाई नामांकन उपयुक्त भएको ठहर गर्दछौं ।
विगतमा नेपाल सरकारसंग पटकपटक भएका सहमतिहरु र सातसालको क्रान्ति हुँदै १० वर्षे जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलन, लिम्बुवान, किरात आन्दोलनले स्थापित गरेको मुद्धाहरुलाई मध्यनजर गर्दै अहिलेलाई साझा संयुक्त पहिचानको आधारमा “लिम्बुवान, किरात प्रदेशˮ नाम राख्नु पर्दछ भन्ने धारणा यसै विज्ञप्ति मार्फत जोडदार माग गर्दछौं । यस मागलाई नजरअन्दाज गरी लिम्बुवान शब्द समावेस नगरी पहिचान विरोधी कोसी, सगरमाथा जस्ता प्रदेश नाम राखिए हामी दीर्घकालिन रुपमा आन्दोलनमा होमिन बाध्य हुने र यसले हामी नेपाली जनताको दीघो शान्ति र अमन चयनमा समेत असर पार्ने सम्बन्ति पक्षलाई जानकारी गराउन चाहान्छौं ।
लिम्बुवान, किरात संयुक्त संघर्ष समितिका घटक संगठनहरु ः
नेकपा (माओवादी केन्द्र) सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपाल अध्यक्ष मुक्सामहाङ मेन्याङबो
जसपा, लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम
संघीय लोकतान्त्रितक राष्ट्रिय मञ्च–संघीय लिम्बुवान मञ्च, नेपाल अध्यक्ष कुमार लिङदेन मिराक
नेपाली कांग्रेस सम्बद्ध लिम्बूहरको तर्फबाट उत्तम सिं थाङदेन
नेकपा एमाले, लोकतान्त्रिक लिम्बू संघ अध्यक्ष त्रिवेणी चोङबाङ
किरात याक्थुङ चुम्लुङको तर्फबाट अध्यक्ष प्रेम येक्तेन
लिम्बू विद्यार्थी मंच तर्फबाट अध्यक्ष दिपा लक्सम
याक्थुङ लेखक संघ केन्द्रीय सदस्य चन्द्रवीर तुम्बापो
याक्थुङ युवा केन्द्रीय सदस्य सुनिल आङबो
वि.सं.: २०७९ अषाढ २४