यस बर्षको ईमानसिंह चेम्जोङ पुरस्कार निशेष आङदेम्बेलाई
ललितपुर । यो वर्षको इमानसिंह चेम्जोङ पुरस्कार ‘थिक् निसेःन्’ (२०७७) निबन्ध संग्रहका लागि युवा साहित्यकार निशेष आङ्देम्बेलाई प्रदान गरिएको छ ।
इतिहासकार इमानसिङ चेम्जोङको १२०औ जन्मजयन्तीको अवसरमा किरात याक्थुङ चुम्लुङद्धारा आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला र चुम्लुङका अध्यक्ष प्रेम यक्तेनले आङदेम्बेलाई उक्त पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ ।