2023-01-13

नवनिर्वाचीत लिम्बु सांसदहरुलाई चुम्लुङको बधाई

ललीतपुर । किरात याक्थुङ चुम्लुङ संघीय कार्यसमितिले आज चुम्लुङहिममा एक कार्यकम आयोजना गरि लिम्बु समुदायबाट प्रत्यक्ष तथा समानुपातिक तर्फबाट प्रतिनिधि सभामा नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । 

चुम्लुङका अध्यक्ष प्रेम येक्तेनको अध्यक्षतामा सम्पन्न उक्त कार्यकममा चुम्लुङको तर्फबाट ११ बुँदे एजेण्डाहरु कार्यान्वयनका लागि पहल गर्न अनुरोध गर्दै नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई हस्तान्तरण समेत गरिएको थियो । 

 
गत मंसीर ४ गते सम्पन्न आमनिर्वाचनमा प्रत्यक्ष निर्वाचीत सुवास नेम्वाङ(नेकपा एमाले), राजेन्द्र लिङदेन(राप्रपा), बसन्तकुमार नेम्वाङ(नेकपा एमाले) र समानुपातिक तर्फबाट विजयी उर्मिला थेवे(नेकपा एमाले) र लीलादेवी बोखिम(नेपाली कांग्रेस) आजको बधाई तथा शुभकामना कार्यक्रममा सहभागी थिए ।