2023-01-14

कियाचु संघीय समितिको चौथो बैठक र राष्ट्रिय चुम्लुङ चितवनमा

ललीतपुर । किरात याक्थुङ चुम्लुङ् संघीय कार्य समितिको चौथो बैठक र २४औं राष्ट्रिय चुम्लुङ आगामी फागुन महिनाको पहिलो साता चितवनमा सम्पन्न हुने भएको छ । गत पुष २६ गते बसेको चुम्लुङको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । सो निर्णय अनुसार आगामी फागुन ६ गते चुम्लुङ संघीय कार्यसमितिको चौथो बैठक तथा फागुन ७ र ८ गते  २४औ राष्ट्रिय चुम्लुङ चितवनमा बस्नेछ ।  

सचिवालयको निर्णय सार्वजानिक गर्दै कियाचु महासचिव निरन्ती तुम्बापोले निर्धारित उक्त बैठकहरुमा उपस्थितिको लागि समय व्यवस्थापन गर्न र छलफलका लागि समसामयिक एजेण्डाहरु भए पठाउन समेत आग्रह गर्नुभएको छ ।