मुक्कुम्लुङ अतिक्रमणविरुद्ध कियाचु

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा गत माघ ९ गते सम्पन्न मुक्कुम्लुङ संयुक्त संघर्ष समिति, लिम्बू थरगत (याक्थुङ सयङ) सहजीकरण समुह, किरात याक्थुङ चुम्लुङ र बिभिन्न सरोकारवाला संस्थाहरू सम्मिलित संयुक्त बैठकले मुक्कुम्लुङ (पाथिभरा) क्षेत्रमा मुन्धुम र साँस्कृतिक सम्पदामाथि ह्रास हुने कुनै पनि किसिमको संरचना, केबुलकार बनाउन नदिने निर्णय गरेको छ ।
बैठकमा बैठकमा किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेन, लिम्बू थरगत(याक्थुङ सयङ) सहजीकरण सचिवालय सदस्य राम मादेन, किरात धर्म तथा साहित्य उत्थान संघ अध्यक्ष डकेन्द्रसिं थेगिम, अध्येता दिलेन्द्र कुरुम्बाङ लगायतको सहभागिता थियो ।