2024-08-01

किरात सिरिजङ्गा लिपि युनिकाेड निर्माण काेष स्थापना

कियाचु नेपाल र कियाचु दिक्षिण काेरीयाकाे किरात सिरिजङ्गा युनिकाेण निर्माण कार्यले तिव्रता पाएकाे छ । लग्भग साढे १ बर्षदेखि जारी रहेकाे याे अभियानमा किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले किरात सिरिजंगा लिपि युनिकोड निर्माणार्थ रु. २७,०२,६००। (सत्ताइस लाख दुइ हजार छ सय रूपैयाँ) काे काेष स्थापनार्थ कियाचु नेपालमा हस्तान्तरण गरेकाे छ । कियाचु काेरीया छल्लादो शाखा अध्यक्ष गणेश लिम्बू र सचिब भुपेन्द्र लिम्बु मार्फत संयुक्त रुपमा संघीय अध्यक्ष प्रेम येक्तेन ज्यु लाई २०८१ साउन ०४ गते कियाचु संघीय कार्यालयमा चेक हस्तान्तरण गर्नु भएकोछ। याे कार्यकाे लागि कियाचु दक्षिण काेरीयाले अहिले आफ्ना ३ शाखाहरूसँग मिलेर संयुक्त रूपमा आर्थिक संकलनकाे कार्य सफल गरेकाे छ । कियाचु नेपालले युनिकाण निर्माणकाे आर्थिक बाहेकका प्राविधिक लगाय सम्पुर्ण कार्यकाे समन्वयात्मक र व्यवस्थापकीय कार्य गरीरहेकाे छ ।