2017-01-30

इमानसिं चेम्जोङ पुरस्कार–२०५४

इमानसिं चेम्जोङ पुरस्कार–२०५४

प्रस्तावाना

किरात समुदाय, जातिको प्राचिन इतिहास, भाषा र किरात–शिरिजंगा लिपिको प्रचारप्रसार र प्रकाशनमा महत्वपूर्ण योगदान दिनुभएका भाषाविद तथा इतिहासकार इमानसिं चेम्जोङको सम्मानमा स्थापित इमानसिं चेम्जोङ पुरस्कार संचालन गर्नको लागि इमानसिं चेम्जोङ पुरस्कार – २०५४ स्थापना भएको हो । 

पुरस्कार राशी

पुरस्कार रकम रु २५,००० (रुपियाँ पच्चिस हजार मात्र) सहित एक प्रमाण पत्र हुनेछ । प्रत्येक दुई वर्षमा पुरस्कार वितरण हुनेछ । पुरस्कार वितरण इमानसिं चेम्जोङको जन्मजयन्तीको दिनमा हुनेछ ।

सहभागिता

(क) लिम्बू भाषा तथा किरात–शिरिजंगा लिपिमा प्रकाशित साहित्यिक कृतिहरु सहभागी हुनेछन । (ख) संचालक वा निर्णायक समितिलाई उपलब्ध वा आफै खोजी पत्ता लगाइएका सबै प्रकाशित मौलिक कृतिहरु सहभागी हुनेछन । (ग) कृतिको आधारमा व्यक्तिले जति पटक पनि सहभागी हुन पाउनेछ ।

संस्थापक 

(क) पुरस्कारको स्थापना वि.सं. २०५४ बैशाख ११ गते सालमा भएको हो । (ख) पुरस्कारको अक्षय कोषको लागि वि.सं. २०५४ सालमा लिम्बू भाषा, साहित्य, इतिहास र संस्कृति प्रेमी मेची अंचल, ताप्लेजुङ जिल्ला, थिङलाबु गा.वि.स. वार्ड नं. ५ लेचुवा हाल कोशी अंचल, सुनसरी जिल्ला, धरान नगरपालिका वार्ड नं. १९ चौकीबारी निवासी धनजीत एभेङ लिम्बूबाट रु २५,००० (रुपियाँ पच्चिस हजार मात्र) प्राप्त भएको हो । (ग) वि.स. २०६२ सालमा तिखेदेवल, ल.पु.उ.म.न.पा. १४, ललितपुर जिल्ला निवासी समाजसेवी मञ्जुल याक्थुम्बाले यस पुरस्कारको अक्षय कोषमा रु २५,००० (रुपियाँ पच्चिस हजार मात्र) थप्नुभएको छ । (घ) इमानसिं चेम्जोङको सतवार्षिकीको अवसरमा उनका ९ वटा कृतिहरु पुनःप्रकाशन गर्न भनिमण्डल, जावलाखेल, ललितपुर जिल्ला निवासी समाजसेवी मे. भरत सिहं जबेगू लिम्बूले यस संचालक संस्थालाई सापटी ऋण वापत रु ३४,००० (रुपियाँ चौतिस हजार मात्र) दिनुभएको थियो । वहाँले उक्त सापटी ऋण फिर्ता नलिई उक्त रकम वि.सं. २०६४ सालमा यस पुरस्कारको अक्षय कोषमा थप्नुभएको छ । (ङ) २०६८ पुष १७ गते इमानसिं चेम्जोङको जन्मजयन्तिको अवसरमा मे. भरत सिंह जवेगु लिम्बुले रु ५०,०००।– र मञ्जुल याक्थुम्बाले रु ५०,००० (पचास हजार) थप्ने घोषणा गर्नुभई थप गर्नुभएको छ । (च) २०७० पुष १७ गते इमानसिं चेम्जोङको जन्मजयन्तिको अवसरमा ललितपुर ४ निवासी शशि चेम्जोङ  (इमानसिङ चेम्जोङको जेठी बुहारी) ले रु ५५५५० (पचपन्न हजार पाँचसय पचास मात्र) पुरस्कारको अक्षय कोषमा थप्नु भएको छ ।

पुरस्कृत व्यक्तित्वहरु कृतिहरु

२०५९ साल । येहाङ लावती । लिम्बु भाषा साहित्यमा लामो निरन्तर योगदान ।

२०६४ साल । अमर तुम्याहाङ । सेवारो २०५८, महाकाव्य सोघुङगेन इमानसिंह चोत्लुङ २०६० ।

२०६७ साल । वीर नेम्बाङ । खण्डकाव्य सेम्मुई १९८६ ।

२०६९ साल । पुष्प थाम्सुहाङ । महाकाव्य मक्खिवा फुङ – २०६७ ।  

२०७१ साल । बल मुरिङ्ला, सिक्किम । ‘नेपाललाम् मेन्छयासित फेरे’ इतिहासमा आधारित खण्डहाव्य ।

२०७३ साल । राजेन्द्र जबेगु । ‘मनाथिक मैवेआङ होप’ कविता संग्रह

२०७५ साल । संयुक्तमा । राधिका चाङबाङ ‘थप्परा’ कविता संग्रह । पुष्पहाङ लोवा ‘तङअम्भुङ’ कविता संग्रह । 

२०७७ साल । लक्ष्मी कुमार शेर्मा । लिम्बू साहित्य जगत भित्रकै सृजनाहरुको समालोचनात्मक कृति ‘येबोकरक’ लेखन तथा प्रकाशन